Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईकाे भेडिहारीमा पनि धर्मशाला निर्माण हुदै

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकाकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत धर्मशाला निर्माण भइरहेकाे छ ।

संघ सरकारकाे तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत रु २५ लाखकाे लागतमा सामुदायिक भवन (धर्मशाला) निर्माण भइरहेकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए ।

वडाध्यक्ष साेनालाल चाैरसियाकी आमा सामपती देवीले दिएकाे जग्गामा धर्मशाला निर्माण भइरहेकाे अधिकृत साहले जनाए ।

धर्मशालाकाे अनुगमन गर्दै निर्माण कार्य समय मै पुरा गर्न उपभाेक्ता समितिलाई अधिकृत साहले निर्देशन समेत दिएका छन् ।

धर्मशाला निर्माणकाे लागि आमाले डेढ कठ्ठा जग्गा दान गर्नु भएकाे वडाध्यक्ष चाैरसियाले वताए । आमाले दान गर्नु भएकाे जग्गा गाउँपालिकाकाे नाममा रजिष्टेशन पास समेत भइसकेकाे जानकारी चाैरसियाले गराए ।

उपभाेक्ता समिति मार्फत निर्माण भइरहेकाे धर्मशालाबाट गाउँवासीलाई वैवाहिक कार्यक्रम गर्न सजिलाे हुने वडाध्यक्ष चाैरसियाले जनाए ।

यस्तै तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत नै वडा नं. ५ सिमरा टाेलमा पनि सामुदायिक भवनकाे निर्माण भइरहेकाे वडाध्यक्ष पवन तिवारीले वताए । सेमरा र हरिहरपुरकाे बिचमा रु २५ लाखकाे लागतमा सामुदायिक भवन निर्माण भइरहेकाे तिवारीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...