Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

सुतकेरीलाई राहत बितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं १६ नगवा, २२ जगरनाथपुर, २८ बगही, ३० लालपर्सा टोलमा बसोबास गर्दै आईरहेका गरिब तथा अति बिपन्न बस्तीमा बिहिबार राहत वितरण गरिएकाे छ ।

इम्पाेराेभिन लाईभ इन नेपालकाे आर्थिक सहयोगमा ४५ दिन भित्रका ५३ जना सुत्केरी आमाहरुका लागि पोषण तथा सरसफाई समाग्री राहत स्वरुप वितरण गरिएकाे युवालयका सदस्य जया साहले वताए ।

कोरोना भाईरसको कारण विश्व नै आतकिंत भएको साथै नेपालमा लकाडाउनको लगभग ३ महिना बितिसक्दा पनि सो ४५ दिन भित्रका सुत्केरी आमाहरुको समुदायमा अहिले सम्म कही कतैबाट पोषण तथा सरसफाई समाग्री राहत नपाएको पछि युवालय नामक गैर सरकारी संस्थाको समन्वयमा राहत बितरण गरेकाे उनले जानकारी गराए ।

सो बस्तीमा दैनिक मजदुरी गर्दै आएका ती परिवारमा भएका सुतकेरी आमाका लागि पोषण तथा दैनिक सरसफाईको समाग्री अभाव भएको जानकारी पाएपछि बाल अधिकारकर्मी तथा युवालयका कार्यसमिति सदस्य जया साहको बिशेष पहलमा इम्पाेराेभिन लाईभ इन नेपालकाे आर्थिक सहयोगमा पोषण तथा सरसफाई समाग्री राहत वितरण गरेको हो ।

सम्बन्धित स्वास्थ्य संस्थासंग समन्वय गरि सुतकेरी आमालाई ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई महिनाको पहिलो चरणमा १५ दिनका लागि १ करेट अण्डा, प्रत्येक दिन आधि केजी दुध, कपडा धुने साबुन १ पिस, डिटवल १ पिस राहत बितरण भएको जानकारी दिए ।

दैनिक ज्याला मजदुरी मात्रै गरेर आफनो घर परिवारको छाक टार्दै आएका बस्तीमा पहिलोे चरणको राहत बितरण गरेको तथा अगामी १५ दिन दिन पछि पनि राहत बितरण जारी राख्ने सदस्य साहले जानकारी दिए ।

इम्पाेराेभिन लाईभ इन नेपाल आर्थिक सहयोग तथा युवालयको समन्वयमा थप ११ वटा वडाहरुमा यसै गरि ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई बितरण गरिने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...