Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

काेराेना कहरबिच बारागढीमा साक्षरता अभियान सफल हुँदै

spot_img
spot_img

वीरगंज । बारागढी गाउँपालिकाले साक्षर नेपाल अभियान – २०७६ अन्तर्गत अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम संचालन गरेको छ । गाउँपालिकामा रहेको १ देखि ६ वटा वडाहरुमा सामुदायिक सिकाई केन्द्रहरुद्वारा साक्षरता अभियान शुरु गरिएको जनाएको छ ।

वडा नं. १ मा रहेको श्री जनता आधारभुत विद्यालय बारागढीलाई पनि सिकाई केन्द्रकाे रुपमा प्रयोग गरिएको छ भने, वडा नं. २ को विशनपुर्वामा श्री माँ सरस्वती सामुदायिक सिकाई केन्द्र, वडा नं. ३ को खेपवामा श्री जनचेतना सामुदायिक सिकाई केन्द्र, वडा नं. ४ को सुखीपथरामा श्री जनविकास सामुदायिक सिकाई केन्द्र, वडा नं. ५ मा श्री बारागढी सामुदायिक सिकाई केन्द्र तथा वडा नं. ६ को गडहलमा श्री ज्ञानगंगा सामुदायिक सिकाई केन्द्रद्धारा साक्षरता अभियान संचालन गरिएको गाउँपालिकाकाले जनाएको छ ।

१ सय ५० देखि २ सय घण्टासम्म संचालन हुने साक्षरता अभियान अन्तर्गत बारागढी गाउँपालिकामा रहेका ६ सय ११ जना निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने कार्य भइरहेको बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमती चौधरीले बताइन् ।

कोरोना भाइरस महामारीको कारण लकडाउन र सामाजिक दुरीको पुर्ण पालना गर्दै सामुहिक रुपमा शिक्षण नगरि त्यसको बैकल्पिक मोडल (इच वन टिच वन) मोडल प्रयोग गरी ६ सय भन्दा बढि निरक्षरहरुलाई समेटी साक्षरता कार्यक्रम संचालन गरिएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि प्रति ३/४ जना निरक्षणमा एक जना स्वयमसेवक जो निरक्षरहरुको आफ्नै परिवारबाट तथा घर नजिकैको रहेको बताइएको छ । बारागढी गाउँपालिकाको वडा नं. १ देखि चारसम्म रहेका क्रमशः १०० को दरले ४ सय जना निरक्षरहरुलाई साक्षर बनाउनका लागि क्रमशः २८, २५, २५, २५ जना स्वयंसेवक परिचालन गरिएको छ भने वडा नं. ५ मा रहेका १ सय ३ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउनका लागि ३२ जना स्वयंसेवक परिचालन गरिएको छ ।

यसरी नै वडा नं. ६ मा रहेका १ सय ८ जना निरक्षर महिलाहरुलाई साक्षर बनाउनका लागि २७ जना स्वयंसेवक परिचालन गरिएको छ ।

नेपाल सरकारको साक्षर नेपाल अभियान २०७६ लाई सफल बनाउनका लागि आ.व. २०७६/०७७ अन्तर्गतको साक्षरता अभियान संचालन गरिएको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि ३/४ जनाको समूहमा एक जना स्वयंसेवक परिचालन गरिएको छ भने उक्त स्वयंसेवकहरुले प्रतिदिन २ देखि ३ घण्टा सम्म कक्षा संचालन गरिरहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...