Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकाद्वारा आज रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको छ ।

नगरपालिकाकाे आयुर्वेद शाखाद्वारा  वीरगञ्जस्थित कोरोना आइसाेलेसन हस्पिटलमा रहेका पोखरीयाका कोरोना पोजिटिभ ५ स्वास्थ्यकर्मी र ५ सर्वसाधारण गरी १० जनालाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको हाे ।

नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुले जारी गरेको निर्देशिका अनुसार वितरण गरिएका आयुर्वेद औषधिले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद संयोजक डा रवीन्द्र कुमार यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरुलाई च्यवनप्राश, इम्युन केयर, अश्वगन्धा, आमलकी औषधि वितरण गरिएको हो । अहिलेको कोरोना महामारीको युद्धमा सबैले आ आफ्नो क्षेत्रबाट सचेत र सुरक्षित भई लाग्ने र प्राचीन आयुर्वेद तथा योगलाई नियमित व्यवहारमा ल्यानुपर्ने संयाेजक डा. यादवले सुझाव दिए ।

याे रोग मानवको व्यवहार, जीवनशैली, रहनसहनसंग जोडिएको प्रस्ट पार्दै योग, प्राकृतिक चिकित्सा पद्धतिलाई व्यवहारमा उतारे सजिलै कोरोनालाई जित्न सकिने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...