Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकाद्वारा आज रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको छ ।

नगरपालिकाकाे आयुर्वेद शाखाद्वारा  वीरगञ्जस्थित कोरोना आइसाेलेसन हस्पिटलमा रहेका पोखरीयाका कोरोना पोजिटिभ ५ स्वास्थ्यकर्मी र ५ सर्वसाधारण गरी १० जनालाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको हाे ।

नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुले जारी गरेको निर्देशिका अनुसार वितरण गरिएका आयुर्वेद औषधिले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद संयोजक डा रवीन्द्र कुमार यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरुलाई च्यवनप्राश, इम्युन केयर, अश्वगन्धा, आमलकी औषधि वितरण गरिएको हो । अहिलेको कोरोना महामारीको युद्धमा सबैले आ आफ्नो क्षेत्रबाट सचेत र सुरक्षित भई लाग्ने र प्राचीन आयुर्वेद तथा योगलाई नियमित व्यवहारमा ल्यानुपर्ने संयाेजक डा. यादवले सुझाव दिए ।

याे रोग मानवको व्यवहार, जीवनशैली, रहनसहनसंग जोडिएको प्रस्ट पार्दै योग, प्राकृतिक चिकित्सा पद्धतिलाई व्यवहारमा उतारे सजिलै कोरोनालाई जित्न सकिने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...