Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस पर्साद्वारा ९ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले ९ बुंदे माग सहितकाे ज्ञापन पत्र आज जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ज्ञापन बुझाएको हो ।

ज्ञापनपत्रमा सरकार कोरोना नियन्त्रणमा लाचार तथा असफल देखिएको, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्रीमा व्यापक अनियमितता गरेकोले छानबीन तथा कोरोनासँग लड्न ठोस नीति ल्याउनु पर्ने माग गरिएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए ।

यसका साथै लामो समयको बन्दाबन्दीले उद्योग, व्यवसाय, पर्यटन, कृषि, रोजगारी लगायतको क्षेत्रमा सरकारले विशेष राहत प्याकेज ल्याउनु पर्ने माग गरिएको छ ।

विद्यार्थी, किसान, अपाङ्ग, बेरोजगार युवा, एकल महिलाको लागि पनि सरकारले हालसम्म केही नगरेको, गरिब तथा निम्न आय स्तर भएका जनता भोकभोकै मर्न थाल्दा समेत सरकार गम्भीर नभएको कांग्रेसले आरोप समेत लगाएको छ ।

त्यसैगरी ज्ञापनपत्रमा किसानको लागि बीउ, मल र उत्पादनलाई बजारीकरण गर्नमा पनि बन्दाबन्दीमा सरकारले ध्यान नदिँदा हजारौं किसान प्रभावित भएको, देशकै लाईफलाइनको रुपमा रहेको पद्म रोड अन्तर्गतको तिलावे पुलको काम ७ वर्षदेखि कछुवाको गतिमा भइरहेको र पुलमा निर्माण गरिएको डाईभर्सनबाट आवत जावत गर्दा जनताले सास्ती खेप्नु परेको हुँदा सो पुल तत्काल निर्माण गर्नु पर्ने माग कांग्रेसको छ ।

यसैगरी लकडाउन अवधीको सबै प्रकारको कर,महशुल र बैंकको ब्याज पनि सरकारले मिनाहा गर्न ज्ञापन पत्रमार्फत अपिल गरिएको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य सुरेन्द्र चौधरी, रामेश्वर रौनीयार, प्रदेश सांसदद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह, नेता किशाेरी साह, बीरेन्द्रलाल नेपाली, रामनारायण कुर्मी, बिजय सर्राफ, किशोरी साह, रामरुप कुर्मी, दिनाप्रसाद गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...