Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

फेसबुककाे समन्वयमा प्रहरीद्वारा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । समाजिक संजाल फेसबुकको समन्वयले भरतपुरमा एक प्रहरी अधिकृत सहित ३ जना प्रहरीले आकस्मि रक्तदान गरेका छन् ।

भरतपुरमा उपचारत वीरगंजका एक पुरुषकाे अप्रेसनका लागि ३ जना प्रहरीले आज रक्तदान गरेका हुन् । वीरगंजका युवा समाजसेवी राजन श्रीवास्तवकाे समन्वयमा चितवन तालिम केन्द्रमा कार्यरत प्रहरी निरीक्षक निशान थापाकाे सहयाेगमा बिरामीलाई रक्त उपलब्ध गराई सहयोग गरिएकाे हाे ।

तालिम केन्द्रबाट प्र.निरीक्षक नरेश राज मल्ल, प्र.ज. दिनेश थापा र प्र.ज.अजय राणा मगरले आकस्मिक रगतदान गरि बिरामिलाइ सहयोग गरेको समाजसेवी श्रीवास्वतले वताए । रक्त संकलनमा सिजन लामिछाने तिमिल्सिना र आशा चौधरीले प्राबिधिक सहयोग गरेका थिए ।

प्रहरी निरीक्षक निशान थापा वीरगंजस्थित वडा प्रहरी कार्यालय विर्तामा कार्यरत रहेका प्रहरी अधिकृत हुन् । वीरगंज हुदा उनी मानवीय सेवा कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...