Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

फेसबुककाे समन्वयमा प्रहरीद्वारा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । समाजिक संजाल फेसबुकको समन्वयले भरतपुरमा एक प्रहरी अधिकृत सहित ३ जना प्रहरीले आकस्मि रक्तदान गरेका छन् ।

भरतपुरमा उपचारत वीरगंजका एक पुरुषकाे अप्रेसनका लागि ३ जना प्रहरीले आज रक्तदान गरेका हुन् । वीरगंजका युवा समाजसेवी राजन श्रीवास्तवकाे समन्वयमा चितवन तालिम केन्द्रमा कार्यरत प्रहरी निरीक्षक निशान थापाकाे सहयाेगमा बिरामीलाई रक्त उपलब्ध गराई सहयोग गरिएकाे हाे ।

तालिम केन्द्रबाट प्र.निरीक्षक नरेश राज मल्ल, प्र.ज. दिनेश थापा र प्र.ज.अजय राणा मगरले आकस्मिक रगतदान गरि बिरामिलाइ सहयोग गरेको समाजसेवी श्रीवास्वतले वताए । रक्त संकलनमा सिजन लामिछाने तिमिल्सिना र आशा चौधरीले प्राबिधिक सहयोग गरेका थिए ।

प्रहरी निरीक्षक निशान थापा वीरगंजस्थित वडा प्रहरी कार्यालय विर्तामा कार्यरत रहेका प्रहरी अधिकृत हुन् । वीरगंज हुदा उनी मानवीय सेवा कार्यमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...