Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ठाेरी गाउँपालिकाले नियम विपरित स्वास्थ्यकर्मीकाे तलब काटेकाे खुलासा

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकाले नियम विपरित स्वास्थ्यकर्मीकाे तलब काटेकाे खुलेकाे छ ।

गाउँपालिकाले चैत महिनाकाे तलब खुवाउदा १७ जना स्वास्थ्यकर्मीकाे तलब कट्टा गरेकाे हाे । चाैथाे तहका स्वास्थ्यकर्मीकाे ३ दिनकाे र छैठाे तहकाे स्वास्थ्यकर्मीकाे ५ दिनकाे तलब कट्टा गरेकाे स्वास्थ्यकर्मीले जनाएका छन् ।

एक स्वास्थ्यकर्मीका अनुसार गाउँपालिकाले चाैथाे तहका रु ३ हजरा एक सय देखी ३ हजार २ सय सम्म र छैठाे तहका स्वास्थ्यकर्मीहरुकाे रु ८ हजार तलब कट्टा गरेकाे छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मीकाे तलब कट्टा गरी विपद् काेषमा जम्मा गरेकाे जनाए छ । तर गाउँपालिकाले शिक्षकहरुकाे तलब कट्टा गरेकाे छैन।

गाउँपालिकाले विद्यालय बन्द भए पनि शिक्षकहरुकाे तलब खुवाउदा एक दिनकाे पनि काटेकाे छैन् तर लकडाउन हाेस् वा निषेधाज्ञा सधै सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीहरुकाे तलब काटेर अन्याय गरेकाे स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

गाउँपालिकाले काेराेना महामारीकाे समयमा आफ्नाे जानकाे बाजी लगाई सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीलाई प्राेत्साहन भत्ता दिनु पर्नेमा झन तलब काटेर मनाेबल घटाएकाे स्वास्थ्यकर्मीहरुकाे गुनासाे छ ।

समाचार स्राेतका अनुसार तलब कट्टा गरे दखी गाउँपालिकामा विवाद चल्दै आएकाे छ ।

स्वास्थ्यकर्मीहरुले नियम विपरित तलब कट्टा नगर्न बिराेध जनाइरहदा पनि गाउँपालिकाले मनपरी तरिकाले तलब कट्टा गरेकाे वताएका छन् ।

गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलब कट्टा नगर्न सामूहिक रुप मै बैशाख ३० गते गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापाले तलब कट्टा मिनाहा गर्न वताए पनि अझै सम्म त्यस्ताे नभएकाे स्वास्थ्यकर्मीहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...