Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरी गाउँपालिकाले नियम विपरित स्वास्थ्यकर्मीकाे तलब काटेकाे खुलासा

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकाले नियम विपरित स्वास्थ्यकर्मीकाे तलब काटेकाे खुलेकाे छ ।

गाउँपालिकाले चैत महिनाकाे तलब खुवाउदा १७ जना स्वास्थ्यकर्मीकाे तलब कट्टा गरेकाे हाे । चाैथाे तहका स्वास्थ्यकर्मीकाे ३ दिनकाे र छैठाे तहकाे स्वास्थ्यकर्मीकाे ५ दिनकाे तलब कट्टा गरेकाे स्वास्थ्यकर्मीले जनाएका छन् ।

एक स्वास्थ्यकर्मीका अनुसार गाउँपालिकाले चाैथाे तहका रु ३ हजरा एक सय देखी ३ हजार २ सय सम्म र छैठाे तहका स्वास्थ्यकर्मीहरुकाे रु ८ हजार तलब कट्टा गरेकाे छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मीकाे तलब कट्टा गरी विपद् काेषमा जम्मा गरेकाे जनाए छ । तर गाउँपालिकाले शिक्षकहरुकाे तलब कट्टा गरेकाे छैन।

गाउँपालिकाले विद्यालय बन्द भए पनि शिक्षकहरुकाे तलब खुवाउदा एक दिनकाे पनि काटेकाे छैन् तर लकडाउन हाेस् वा निषेधाज्ञा सधै सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीहरुकाे तलब काटेर अन्याय गरेकाे स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

गाउँपालिकाले काेराेना महामारीकाे समयमा आफ्नाे जानकाे बाजी लगाई सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीलाई प्राेत्साहन भत्ता दिनु पर्नेमा झन तलब काटेर मनाेबल घटाएकाे स्वास्थ्यकर्मीहरुकाे गुनासाे छ ।

समाचार स्राेतका अनुसार तलब कट्टा गरे दखी गाउँपालिकामा विवाद चल्दै आएकाे छ ।

स्वास्थ्यकर्मीहरुले नियम विपरित तलब कट्टा नगर्न बिराेध जनाइरहदा पनि गाउँपालिकाले मनपरी तरिकाले तलब कट्टा गरेकाे वताएका छन् ।

गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलब कट्टा नगर्न सामूहिक रुप मै बैशाख ३० गते गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापाले तलब कट्टा मिनाहा गर्न वताए पनि अझै सम्म त्यस्ताे नभएकाे स्वास्थ्यकर्मीहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...