Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

बिन्दवासिनीका ३ स्वास्थ्यकर्मी र एक काससहित थप ९ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका ३ स्वास्थ्यकर्मीसहित ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

गाउँपालिकाका ३ स्वास्थ्यकर्मी, एक कार्यालय सहयाेगीसहित थप ९ जनामा काेराेना संक्रमण फेला परेकाे प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले जानकारी दिए ।

वडा नं. २ का ३९, ४३, ३९ बर्षका पुरुष, वडा नं. ३ का ३२, ४० बर्षका पुरुष, २९ बर्षकी महिला  र वडा नं. ४ का ३६, २७, ४६ बर्षका पुरुषमा संक्रमण फेला परेकाे गाउँपालिका स्वास्थ्य संयाेजक नरेश चाैहानले जानकारी गराए ।

उनका अनुसार जेठ २६ गते १७ जनाकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षण गर्दा आइतबार एक जनाकाे र साेमबार ९ जना गरी १० जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

उनले भने “झाैवास्थित क्वारेन्टाइनमा रहेका ६ जनामा, क्वारेन्टाइनमा खटिने ३ जना स्वास्थ्यकर्मी र क्वारेन्टाइनका लागि खाना पकाउने एक जना कासमा समेत काेराेना संक्रमण फेला परेकाे छ । क्वारेन्टाइनमा बसेकाहरु त भारतबाट आएका थिए तर क्वारेन्टाइनमा पूर्ण सावधानी अपनाएर सेवा प्रवाह गर्दा पनि ३ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण फेला पर्दा अचम्म लागेकाे छ ।”

संक्रमितहरुलाई वीरगंजस्थित नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डककाे आइसाेलेशनमा पठाउने तयारी भइरहेकाे संयाेजक चाैहानले वताए ।

यता पर्सा कै पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...

पर्सामा बेमौसमी वर्षाले हिउँदेबालीमा क्षति, किसान दोहोरो मारमा

सेढवा । शुक्रबार बिहानदेखि परेको बेमौसमी अविरल वर्षाका कारण पर्सा जिल्लाका किसानले लगाएको हिउँदेबालीमा क्षति पुगेको छ । वर्षाले तोरी, सुर्ती तथा विभिन्न हिउँदे...