Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बिन्दवासिनीका ३ स्वास्थ्यकर्मी र एक काससहित थप ९ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका ३ स्वास्थ्यकर्मीसहित ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

गाउँपालिकाका ३ स्वास्थ्यकर्मी, एक कार्यालय सहयाेगीसहित थप ९ जनामा काेराेना संक्रमण फेला परेकाे प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले जानकारी दिए ।

वडा नं. २ का ३९, ४३, ३९ बर्षका पुरुष, वडा नं. ३ का ३२, ४० बर्षका पुरुष, २९ बर्षकी महिला  र वडा नं. ४ का ३६, २७, ४६ बर्षका पुरुषमा संक्रमण फेला परेकाे गाउँपालिका स्वास्थ्य संयाेजक नरेश चाैहानले जानकारी गराए ।

उनका अनुसार जेठ २६ गते १७ जनाकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षण गर्दा आइतबार एक जनाकाे र साेमबार ९ जना गरी १० जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

उनले भने “झाैवास्थित क्वारेन्टाइनमा रहेका ६ जनामा, क्वारेन्टाइनमा खटिने ३ जना स्वास्थ्यकर्मी र क्वारेन्टाइनका लागि खाना पकाउने एक जना कासमा समेत काेराेना संक्रमण फेला परेकाे छ । क्वारेन्टाइनमा बसेकाहरु त भारतबाट आएका थिए तर क्वारेन्टाइनमा पूर्ण सावधानी अपनाएर सेवा प्रवाह गर्दा पनि ३ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण फेला पर्दा अचम्म लागेकाे छ ।”

संक्रमितहरुलाई वीरगंजस्थित नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डककाे आइसाेलेशनमा पठाउने तयारी भइरहेकाे संयाेजक चाैहानले वताए ।

यता पर्सा कै पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...