वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका ३ स्वास्थ्यकर्मीसहित ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
गाउँपालिकाका ३ स्वास्थ्यकर्मी, एक कार्यालय सहयाेगीसहित थप ९ जनामा काेराेना संक्रमण फेला परेकाे प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले जानकारी दिए ।
वडा नं. २ का ३९, ४३, ३९ बर्षका पुरुष, वडा नं. ३ का ३२, ४० बर्षका पुरुष, २९ बर्षकी महिला र वडा नं. ४ का ३६, २७, ४६ बर्षका पुरुषमा संक्रमण फेला परेकाे गाउँपालिका स्वास्थ्य संयाेजक नरेश चाैहानले जानकारी गराए ।
उनका अनुसार जेठ २६ गते १७ जनाकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षण गर्दा आइतबार एक जनाकाे र साेमबार ९ जना गरी १० जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।
उनले भने “झाैवास्थित क्वारेन्टाइनमा रहेका ६ जनामा, क्वारेन्टाइनमा खटिने ३ जना स्वास्थ्यकर्मी र क्वारेन्टाइनका लागि खाना पकाउने एक जना कासमा समेत काेराेना संक्रमण फेला परेकाे छ । क्वारेन्टाइनमा बसेकाहरु त भारतबाट आएका थिए तर क्वारेन्टाइनमा पूर्ण सावधानी अपनाएर सेवा प्रवाह गर्दा पनि ३ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण फेला पर्दा अचम्म लागेकाे छ ।”
संक्रमितहरुलाई वीरगंजस्थित नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डककाे आइसाेलेशनमा पठाउने तयारी भइरहेकाे संयाेजक चाैहानले वताए ।
यता पर्सा कै पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।