Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

दलित भित्रको अवसरवादको प्रकाष्ठा, एउटै परिवारमा फरक फरक पार्टी

spot_img
spot_img

संघियताको मूलभूत उदेश्य शक्ति विकेन्द्रीकरण नै हो । केन्द्रीकृत शक्तिलाई विकेन्द्रित गर्ने र राज्यको स्रोत साधनमा आम सर्वसाधारणको सहज पहुँचमा संघियताले टेवा पु¥याउँछ । विभिन्न राजनितिक परिवर्तन पछि हाम्रो मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । जसको प्रमुख उदेश्य नै राज्यको स्रोत साधनमा सबैको सहज पहुच र सबैलाई सम्मान अवसर प्रदान गर्नु नै हो । यसै बीच राज्यका प्रत्येक तहमा लामो समय देखि सहभागी हुन नसकी राज्यको मूलप्रवाहबाट वञ्चित रहेका विभिन्न समुदाय मध्ये अति पिछडिएको दलित समुदायको विकास र पहुचको लागि राज्यले अलि बढी अवसर दिएको यथार्थलाई नकार्न सकिंदैन ।

यद्यपि राज्यबाट दलित समुदायको लागि प्रदान हुने अवसरको समुचित सदुपयोग भयो कि भएन ? अपेक्षित योजना पूरा भयो कि भएन ? जस्ता प्रश्नहरुको लेख–जोखा भएन भने राज्यद्वरा तय गरिएको नितीको उपलब्धि देखा पर्दैन र समृद्धिको सपना अधुरो रहने छ । त्यसकारण विभिन्न कोणबाट सरकारी नितीको उपलब्धि मापनको सिलसिलामा विभिन्न राजनीतिक दललाई गुमाराहमा पारी राज्यबाट दलितको नाममा प्रवाह हुने अवसरलाई आफ्नै परिवारमा केन्द्रित गरेको पर्सा जिल्लाको एउटा यस्तो परिवार, जसको घरमा नेपालमा अस्तित्वमा रहेका सम्पूर्ण दलको सदस्यता छ ।

जिल्ला पर्सा वीरगन्ज महानगरपालिका हाल वडा नं. १५ साविक वडा नं. १८ को स्व. सुरुज हजारा दुसाधको परिवार हो । स्व. हजाराको चार छोरा क्रमशः शम्भु हजारा दुसाध, प्रभु हजारा दुसाध, चन्दु हजारा दुसाध र मानदेव हजारा दुसाध हुन् । जुन परिवारको मुख्य पेशा राजनीति हो । लोकतन्त्रमा राजनिति गर्नु सबैको नैसर्गिक अधिकार हो, त्यसकारण कसैको अधिकारमाथी टिप्पणी गर्नु मुनासिव हुदैन । तर यी चार दाजु भाई मध्ये सबै भन्दा जेठो शम्भु हजारा दुसाध नेपाली कांग्रेसका प्रभावशाली दलित नेता हुन । नेपाली कांग्रेसका भातृ संगठन दलित संघका केन्द्रीय उपाधयक्ष पनि हुन । कांग्रेसका सरकार हुदा उनी उपेक्षित उत्थान दलित वर्ग विकास समितिका कार्यकारी निर्देशक भए । दलितको नाममा विभिन्न अवसरहरु उपयोग गर्दै, पछि हुँदा हुँदै २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फबाट संविधान सभाका सदस्य भए । संसदीय विकास समिति मध्येका एक समितिका सभापति समेत भए । अर्थात नेपाली राजनीतिमा दलितहरुको नाममा उनको सिक्का चल्यो । उनी समृद्ध भए, उनको छोरा अमेरिकामा बस्छन ।

उनी पछिका अर्का भाइ हुन प्रभु हजारा दुसाध । जो हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा जिल्ला अध्यक्ष हुन् । उनी यस अघि तत्कालीन नेकपा एमालेको पर्सा जिल्ला संयोजक थिए । उनी तत्कालिन नेकपा एमाले र हाल नेकपामा आबद्ध भए देखि नै अवसरै अवसरमा ओतप्रोत रहे । तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुने बितिकै पार्टीको मुखपत्र नवयुग मासिक पत्रिका बाँडने जिम्मा लिएर ग्राहक शुल्क वापत आएको पत्रिकाको पैसामा रजाई गर्न शुरू गरे । पछि आर्थिक अवस्था कमजोर भएको र दलित समेत भएको भनी पार्टीले दलीय संयन्त्रबाट संचालित वीरगन्ज उपमहानगरपालिकामा पार्टीको तर्फबाट प्रतिनिधि पठाइए, केही समय पछि जिल्ला विकास समिति पर्साको पनि प्रतिनिधि भए । विभिन्न अवसर प्राप्त गरे सँगै तत्कालीन नेकपा एमालेको जनसंगठन नेपाल उतपिडित जातिय मुक्ति समाजको केन्द्रिय सचिव भए र त्यसैको जगमा एमाले सरकारको पालामा राज्य मन्त्री सरहको सुविधा उपयोग गर्ने गरी उपेक्षित उत्थान दलित वर्ग विकास समितिका कार्यकारी निर्देशक भए । त्यस पछि झलनाथ खनालको नेतृत्वमा गठित मन्त्री परिषदको स्थानिय विकास मन्त्री उर्मिला हुदा सोही समिति उपेक्षित उत्थान दलित वर्ग विकास समितिको उपाध्यक्ष भए । यसरी राजनीतिमा मौज मस्ती गर्दै समय कटाउँदै लैजाने भाग्यमानी व्यक्ति प्रभु हजारा दुसाध केही समय पछि पार्टीका बिभिन्न नेताहरुको दैलो चाहार्दै पुनः आफूलाई खान लाउन अप्ठ्यारो भएको बताउन थालेपछि एमालेको भागमा रहेको सामान्य प्रशासन मन्त्रालयको मातहतमा रहेको प्रशासन आयोगको सदस्य भए र भए भरका दोहन गरे ।

यसरी उनी आफ्नो राजनीतिक जीवन कालमा कहिलै लाभका पदविहिन भएन । पार्टीकै आडमा उनका छोरा वीरगञ्जका प्रसिद्ध उद्योगीको औद्योगिक प्रतिष्ठानमा आकर्षक सुविधा सहित जागीरमा छन भने बुहारी करारमा सरकारी सेवामा छिन । त्यस पछिका अर्का भाइ हुन, चन्दु हजारा दुसाध जो तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित संघीय संसद विमल श्रीवास्तवका पछलगुवा हुन अर्थात उनी कुनै पार्टी भन्दा पनि एक जना चतुर राजनीतिकर्मीलाई कसिलो ढंगले समाएका छन् । जसबाट उनी विभिन्न उपलब्धिहरू लिदै आफ्ना जीवन यापन गर्दै आएका छन । अर्थात सहज रुपमा बुझ्ने हो भने उनी मधेशवादी दल हुन ।

त्यसपछि सबै भन्दा कान्छो भाई हुन, मानदेव हजारा दुसाध जो हाल नेकपाको पर्सा जिल्ला कमिटी सदस्य हुन । तत्कालीन नेकपा एमाले पर्साको संयोजक हुदै नेकपा पर्साका अध्यक्ष प्रभु हजारा दुसाध भएपछि आफ्नो साखै कान्छो भाई अर्थात मानदेव हजारा दुसाधलाई जिल्ला कमिटी सदस्य बनाए । प्रभु हजारा नेपाल उतपिडीत जातिय मुक्ति समाजको केन्द्रिय सचिव भएपछि यिनलाई पनि संगठनको केन्द्रित सदस्य बनाए । पुरुषोत्तम पौडेल खेलकुद मन्त्री रहेको बेला यिनी मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भए । फेरि पनि यिनलाई सो पदमा दोह¥याउँन प्रभु हजाराले सिफारिस गर्न तम्तयार भएका छन । यिनको लक्ष्मनवामा टाढैबाट देखिने गरी आकर्षक घर छ ।

यसरी दलितको नाममा राज्यबाट प्राप्त हुने अधिकतर अवसर यिनकै परिवारको वरिपरि घुमिरहन्छ । पर्सा जिल्लाको इतिहासमा यिनका परिवार बाहेक यस जिल्ला निवासी सहायक स्थानिय विकास मन्त्री अजय चौरसियाको पालामा वीरगन्ज विर्ता निवासी अशोक राउतले उपेक्षित उत्थान दलित वर्ग विकास समितिको कार्यकारी निर्देशक भएका थिए भने राजेन्द्र महतोले नेतृत्व गरेको तत्कालीन सदभावना पार्टीको तर्फबाट वीरगन्ज प्रसौनी निवासी गया हजारा पासवान राष्ट्रिय दलित आयोगका सदस्य भएका थिए । यस हजारा परिवार बाहेक अपवादमा पनि अन्य पर्साका दलितले अवसर पाएको इतिहास छैन ।

तसर्थ यो इतिहास कोटयाउँनुको अर्थ राज्यमा जति सुकै व्यवस्था परिवर्तन भए पनि त्यसको अवलोकन, पुनरावलोकन र उपलब्धिको लेखाजोखा गरिएन भने यस्ता परिवार एवं पात्रहरुले हरेक व्यवस्थालाई आफ्ना अनुकूल बनाएर अनुचित लाभ लिन सक्छन । बहुदलीय व्यवस्थामा जो सुकैले पनि मान्यता प्राप्त दलहरुको सदस्य भई राजनिति गर्न पाउने व्यवस्था बमोजिम विधि सम्वत ढंगले राजनीति गरिरहेकोमा व्यवधान खडा गर्ने ठाउँ नभएकोले विभिन्न पार्टीमा आबद्ध भई सिंगो आफ्नो समुदायको भाग आफैले उपयोग गरिरहेकोले यस्ताहरुमाथि नियन्त्रण सम्बन्धित दलले नै गर्नु पर्छ अन्यथा शक्ति विकेन्द्रीकरणको सिद्धान्तको तहत आएको संघीयता र पिछडिएको समुदायको लागि आएको आरक्षणको उदेश्य सुन्दर सपना मै सीमित रहने छ यस्ता अवसरवादी परिवारहरूको मात्र जगजगी रहनेछ ।

  अरुण यादव 
केन्द्रिय सदस्य
राष्ट्रिय युवा संघ नेपाल

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...