Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सलिमको प्रेममा माहिरा

spot_img
spot_img

बलिउड चलचित्र ‘रइस’मा नायक साहरुख खानसँग काम गरेकी नायिका माहिरा खानले आफ्नो प्रेम जीवनको बारेमा खुलासा गरेकी छिन् ।

पाकिस्तानी मिडियासँग कुरा गर्दै उनले प्रेमी सलिम करिमसँग प्रेममा रहेको बताएकी हुन् । माहिराले २३ बर्षको उमेरमा बिहे गरेकी थिइन् । तर, सन् २०१५ मा उनको बैबाहिक जीवनमा ब्रेक लागेको थियो । उनको ११ बर्षका छोरा पनि छन् ।

माहिराले सलिमको बारेमा भनेकी छिन्–‘मलाई थाहा छैन कि मैले के गरेको छु, तर मलाई लाग्छ कि मैले केही गरेको छु जसकाकारण मैले सलिमलाई पाएकी छु । म मेरो छोरा र मेरो वरिपरीका मानिसका बारेमा पनि सोच्ने गर्दछु ।’

माहिरा पाकिस्तानी चलचित्र क्षेत्रमा चर्चित छिन् । उनले, बलिउडमा पाइला अगाडि बढाउँदै गर्दा भारत–पाकिस्तान विचको शितयुद्धका कारण काम विचमै छाड्नुपरेको थियो ।

माहिराले सलिमसँग बिहेको बिषयमा भने केही पनि बोलेकी छैनन् । तर, उनी प्रेमको यात्रामा रंगिन पाउँदा खुशी छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...