Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरियाका ५ स्वास्थ्यकर्मीसहित पर्साका थप १७ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा ३ महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले जानकारी दिए।

पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइनका २ जना, जिराभवानी/धोबनी गाउँपालिकाका एक/एक जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाका २ जनामा संक्रमण फेला परेकाे मेसु डा उपाध्यायले वताए ।

संक्रमित पोखरीया नगरपालिकाका २५, २२, ३५, ४५, ३०, २९ र ३६ बर्षिय पुरुष, ३६ बर्षिय महिला, बहुदरमाई नगरपालिकाका २४ वर्षिय पुरुष, सखुवा प्रसौनी गाउँपालिका ३ का ४० वर्षिय पुरुष, बिन्दवासिनी गाउँपालिका–३ का २६ वर्षिय पुरुष, जिराभवानी गाउँपालिकाकाे शान्ति टाेलका ३२ वर्षिय पुरुष, धोबिनी गाउँपालिकाका २७ वर्षेिय पुरुष, पटेर्वा सुगाैली गाउँपालिका १ लक्ष्मीपुरका ३७ वर्षिय र सोही पालिका वडा नं ५ निचुटाका २० वर्षिय पुरूष, वीरगजकी ३२ वर्षीय महिला र पर्सागढी नगरपालिका ४ की ३१ वर्षिया महिला छन् । याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या ए सय ४१ पुगेको छ ।

पोखरीया नगरपालिकाका ५ जना स्वास्थ्यकर्मी, एक जना एम्बुलेन्स चालक र नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका ४ जनामा संक्रमण फेला परेकाे उप-मेयर सलमा खातुनले जानकारी दिइन्।

संक्रमित सबैलाई नारायणी अस्थाई काेराेना अस्पताल गण्डककाे आइशाेलेसनमा राख्ने तयारी भइरहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...