36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

महानगरलाई सेवा समिति, महासंघ र बैंकहरुकाे पनि सहयाेग

वीरगञ्ज । चौरसिया बरई सेवा समिति पर्साले पनि वीरगञ्ज महानगरपालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पर्सा जिल्लामा कोरोना परिक्षणको दायरा फराकिलो पारेर पर्सा जिल्लालाई ग्रिनजोनमा लैजाने उद्देश्यका साथ पिसिआर मेशीन तथा भिटिएम किट खरिदका लागि सहयोग आह्वान गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्वको बोध गर्दै चौरसिया बरई सेवा समिति पर्साका अध्यक्ष रामाकान्त प्रसाद चौरसियाले महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीलाई ५१ हजार ५ सय १ रुपैयाको चेक हस्तान्तरण गरेकाे सचिव साेनालाल चाैरसियाले वताए ।

यस्तै क्यान महासंघ पर्साले पनि वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावागिद्वारा सञ्चालित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा क्यान महासंघ पर्साले बुधबार ५१ हजार सहयोग गरेको हो ।

नेपालमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला महानगरपालिका कार्यालयले परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन, भिटीएम किटलगायत स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा क्यान महासंघ पर्साको टोलीले आफ्नो व्यक्तिगत खर्चबाट जम्मा गरेको रकमबाट सहयोग गरेको हो ।

क्यान महासंघका जिल्ला अध्यक्ष दीपक साहको नेतृत्वमा वीरगञ्ज महानगरपालिका कार्यालय गएको टोलीले महानगरका मेयर विजयकुमार सरावागिलाई भेटेर सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गरेको थियो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले पनि बिरगंज माहानगरपालिकालाई पिसिआर मसिन, भिटिएम कीट लगायतका सामग्री खरिद गर्नकाे लागि रु. एक लाख सहयोग सहयाेग गरेकाे छ ।

महानगरपालिकाकाे कारर्यालयमा पुगी बैंका प्रतिनिधिहरुले नगर प्रमुख  सरावगीलाई सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै माछापुछे बैंकले पनि वीरगंज माहानगरपालिकालाई पिसिआर मसिन, भिटिएम कीट लगायतका सामग्री खरिद गर्नकाे लागि रु.एक लाख सहयाेग गरेकाे हाे ।

सहयाेग रकम बराबरकाे चेक नगरप्रमुख सरावगीलाई बैंकले आज हस्तान्तरण गरेको हाे ।

चेक बुझ्दै नगरप्रमुख सरावगीले अब चाँडै नै पिसिआर मेशिन खरिद गरेर परिक्षणको दायरा फराकिलो बनाउने सबैको सपनाले साकार हुने वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:217. Generation time:4.656 sec. Memory consumption:82.52 mb