Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

वीरगंज र अमरपट्टीमा भएकाे कार्यक्रममा एक सय ४७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साकाे आयाेजनामा बुधबार अकास्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजमा रक्तकाे अभाव भएपछि फाउण्डेशनले आयाेजना गरेकाे र्कायक्रममा एक सय २ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा १ महिला सहित एक सय २ जनाले रक्दान गरेकाे फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

अध्यक्ष सहाबुदिनको अध्यक्षतामा भएको र्कायक्रममा नेपाली काग्रेंस पर्साका जिल्ला सभापति अजय कुमार दुवेदी, नेपाली कांग्रेस पुर्व सांसद अनिल कुमार रुगंटा, नेत्र ज्योति संघका केन्द्रिय सदस्य श्याम कुमार पोख्रेल, प्रदेश सभासद ओमप्रकास शर्मा, नेपाली काग्रेसका महा समिति सदस्य प्रकास यपाध्याय, वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल, नेपाली कांग्रसका युवा नेता राम नारायण कुर्मी, फाउण्डेशन पर्साकी सहसचिव मीण्टु देवि सिंह, फाउण्डेशनकि सदस्य प्रीति सिंह, वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, फाउण्डेशन पर्साका सल्लाहकार हरेराम ठाकुर, प्रध्यापक एवम समाजसेवी रुदल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

यस्तै पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.४ अमरपटीमा पनि आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकोे छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा अमरपट्टी र वडा कार्यलयको सहयोगमा रक्तदान कार्यक्रम भएकाे हाे ।

बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे शुभारम्भ वडा नं.४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाले रक्तदान गरी गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापती राजेश्वर प्रसाद चौरसियाको अध्यक्षतमा भएको कार्यक्रममा ६ जना महिलासहित ४५ जनाले रक्तदान गरेको रेडक्रसका राजन श्रीवास्तवले वताए ।

कार्यक्रमका वडा सदस्य मुकेश प्रसाद साह, मन्जु चौरसिया, छबिलाल साह, लगन शर्मा, ओमप्रकाश चौरसिया, शिवरती देवी, माधुरी चौरसिया लगायतले रक्तदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...