Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जगरनाथपुर गाउँपालिकाका ८ जनामा पनि काेराेना संक्रमण

spot_img
spot_img

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा पनि कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाकाे सन्ठीस्थित श्री नेरा माविकाे क्वारेन्टाइनमा रहेका एक महिला सहित ८ जनामा काेराेना संक्रमण फेला परेकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

संक्रमित व्यक्तिहरु वडा नं. ६ औंराहा, सन्ठीका २५ देखी ४० बर्ष उमेर समुहका रहेकाे अधिकृत गिरीले वताए ।

उनीहरु १५ दिन अघि भारतकाे केरला र हरियाणाबाट आए थिए । भारतबाट आए लगतै सबैजनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे थियाे ।

भारतबाट आएका ३३ र उनीहरूको सम्पर्कमा आएका थप १ जना गरी ३४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका सबै जनाकाे शुक्रबार स्वाव संकलन गरी पिसीआर जाँच गरिएकोमा ८ जनामा कोरोना पोजेटिभ देखिएकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले जानकारी वताए ।

संक्रमण पुष्टि भएका सबैलाई बीरगन्जस्थित नारायणी काेराेना बिशेष अस्पताल गण्डकमा पठाउन् तयारी भइरहेको संयाेजक साहले गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...