Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

प्रहरीले बृद्धलाई घसार्दै भ्यानमा राख्न खोजे पछि…

spot_img
spot_img

वीरगंज । वीरगंजमा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले आतंक नै मच्चाएको भन्दै चौतर्फि बिरोध हुन थालेको छ । वडा प्रहरी कार्यालय बिर्ताको टोलीले कहिले चिकित्सक, कहिले स्वास्थ्यकर्मी, कहिले बैंकर्स, कहिले सञ्चारकर्मी त कहिले सर्वसाधारणलाई बिना कारण लकडाउनको बहाना बनाउदै कुटपिट गर्न थालेकोले स्थानियहरु आज बिरोध गरेका छन् ।

आईतवार दिउसो करिब ३ः३० बजेको समयमा वीरगंजको गहवा स्थित मिना बजार कम्पलेक्स पछाडि केही व्यक्तिहरुले तरकारी तथा फलफुल विक्रिवितरण गर्दै थिए । त्यहि समय वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक गजानन्द साहको नेतृत्वमा रहेको प्रहरी टोली त्यहाँ आउने वितिकै सबै तरकारी व्यपारीहरु भागे । तर त्यहि स्थानमा करिब ८०/८५ वर्षका एक बृद्ध थिए । उनी भाग्न सकेनन् ।

प्रनानी साहको नेतृत्वमा रहेको के.पी. पटेल भन्ने हवलदार र सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका प्रहरी सहायक निरिक्षक बिवेक जैसवालले सो बृद्धलाई घसार्दै प्रहरी भ्यानमा राख्न खोजेका थिए । त्यतिकैमा त्यहाँ पुगेका केही सञ्चारकर्मीहरुले फोटो तथा भिडियो लिन खोज्दा प्रहरी हवलदार पटेलले अपशब्द प्रयोग गर्दै लठ्ठी हान्ने प्रयास समेत गरे । “तपाईहरुलाई कस्ले फोटो तथा भिडियो गर्न आदेश दिएको हो, हामीलाई मात्र गलत हेराउने काम गर्दै हुनुहुन्छ” भनि सञ्चारकर्मीहरुमाथि अपशब्द प्रयोग गर्दै खनिए ।

त्यहाँ आएका प्रहरी र सञ्चारकर्मीबिच केही बेर भनाभन समेत भएको थियो । सो घटना पश्चात त्यहाँका स्थानियहरुले प्रहरी विरुद्ध बिरोध प्रदर्शन समेत गरे । प्रहरीलाई १००/२०० रुपैया तथा तरकारी दिने व्यापारीहरुलाई केही नगर्ने तर गाउँबाट आएका सोझासाझा किसानहरुलाई प्रहरीले दुःख दिने गरेको किसानहरुको आरोप रहेको छ ।

सो घटनामा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुसँग बुझदा सञ्चारकर्मीमाथि गरिएको अभद्र व्यवहार तथा कुनै पनि सर्वसाधारणमाथि आफुहरुले ज्यादती नगर्ने भनि घटनामा संलग्न प्रहरीलाई सम्झाउने बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...