21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

कर मिनाहाकाे माग गर्दै जनता समाजवादीद्वारा वीरगंजमा प्रदर्शन

वीरगञ्ज लकडाउनका कारण घरमा थुनिएर बस्नु परेका नागरिकले अहिलेको अवस्थामा कर तिर्न नसक्ने भन्दै सम्पूर्ण कर मिनाहा गर्न जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिले माग गरेको छ ।

कर मिनाहा गर्नु पर्ने माग गर्दै समितिका अध्यक्ष लियाकत अलिको नेतृत्वमा वीरगञ्जमा शुक्रबार बिरोध प्रदर्शन भएको छ । वीरगञ्जको विर्ताबाट सुरु भएको विरोध र्‍याली घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाईँदैन, विशुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाउँदै वीरगञ्ज परिक्रमा गरेका थिए । लकडाउनका कारण नागरिक अहिले घरभित्रै थुनिएको र अहिले आम्दानीको माध्यम पनि नभएकाले सबै खाले शुल्क मिनाहा गर्नु पर्ने उनीहरुको माग छ ।

कोणसभामा बोल्दै समितिका अध्यक्ष अलिले सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी समेत दिए ।

र्‍यालीपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् ।

र्‍यालीमा जनता समाजवादी पार्टीका उपाध्यक्ष मदन गुप्ता, वडा नम्वर ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, उमेश सहनी, बिष्णु पटेल ,सलाउदिन मंसुरी अफराेज आलम, राजु गुप्ता ,सगिर अलि, अंकित गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:217. Generation time:3.903 sec. Memory consumption:81.5 mb