Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

राईट टु स्टडीद्वारा पर्सागढी नपालाई स्वास्थ्य सुरक्षा सामाग्रि सहयाेग

spot_img
spot_img

वीरगंज । राईट टु स्टडी नेपाल नामक लाजिम्पाट–२ काठमाण्डौकाे एक गैर सरकारी संस्थाले पर्सागढी नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गरेकाे छ ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम सहयोग परियोजना अन्तर्गत स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गरेकाे हाे । संस्थाले थर्मल गन–१० थान, मास्क–५००० थान, सिटामोल–१०००० ट्या., पि.पि.ई.सेट–६ थान, हेड शिल्ड सेट–५० थान, जिवनजल–१००० प्या., फिल्टर मास्क–२५ थान सामाग्रीहरु सहयाेग गरेकाे नगर कार्यापालिका कार्यालयले जनाएकाे छ ।

संस्थाले कुरियर मार्फत पठाएकाे सामग्री बिहिबार प्राप्त भएको नगर प्रमुख लाेकनारायण यादवले जानकारी दिए । संस्थाको सहयोग सामग्री बुझ्दै नगर प्रमुख यादवले संस्थाकाे प्रसंशा गर्दै धन्यबाद ज्ञापन गरे ।

साथै आगामि दिनहरुमा समेत राईट टु स्टडी संस्था जस्तै अन्य संस्थाले पनि समय अनुकुल निरन्तर सहयोग तथा सहकार्यको अपेक्षा पालिकाले राखेको नगरपालिकाका गिरी राज कडेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...