Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

तिलावे पुल र पर्सा ग्रामिणबासीहरुको दुःख

पर्सा जिल्लाको सदरमुकाम वीरगंज हो । जुन जिल्लाको पूर्व भागमा पर्दछ । यसरी जिल्लाको सम्पूर्ण ग्रामिण भाग पश्चिममा रहेका छ । ग्रामिण भेगलाई जोडने, वीरगंज महानगरपालिको वडा १९ मा पर्ने तिवाले पुल हो । यसरी ग्रामिण भेगको पूर्णरुपमा बिकास नहुनु, जिल्लाको सदरमुकाम एकातिर भएकै कारण्हो भने दुई मत हुदैन । ग्रामिणवासीहरु दिनहु आफ्नो दैनिक कामले सदरमुकाम जानु पर्ने अवस्था हुन्छ । जस्तै दैनिक ज्यालादारी, सरकारी वा गैरसरकारी कार्यालयहरुको काम, आ आफ्नो ब्यवसायले मानिसहरु सरदमुकाम जानु पर्ने बाध्यता हुन्छ । तिलावे नदिमा रहेका पुल जुन हुलाकी सडकमा पर्दछ । प्रमुख नाका हो । हुन त विरगंज महानगरपालिकामा परे पनि वीरगंजको घण्टाघर देखी पश्चिमतर्फ १० किलो मिटरको रहेका छ । मलाई याद छ आज देखी करिब २० बर्ष पहिला नै तिलावे पुलको उद्घाटन तत्कालिन सम्माननिय प्रधानमन्त्री गिरीजा प्रसादकोइराला ज्यूबाट भएको थियो । यस पुलको अवस्ता पनि जिर्ण अवस्थामा पुगेको छ । न यसको सरसफाई न यसको मर्मत संभार भएको छ । यस्तै अवस्था रहयो भने केही वर्षमा नाम मात्रको पुल रहने पक्का पक्की छ । ग्रामिण भेगमा बढ्दो जनसंख्या र सवारी साधनले गर्दा हुलाकी राजमार्ग काम शुरु हुनु र तिलावे नदिमा अर्को पुलको निमार्ण हुनु, ग्रामिणबासीहरुमा खुसीको लहर उठेको थियो । हुलाकी राजमार्गको कामहुदै गर्दा तिलावे नदिमा अर्को पुलको निमार्ण कार्य शुरु हुनु सुखद भएको जनविचार रहेको थियो ।

- Advertisement -

यो पुलको निमार्ण कार्य पप्पु तथा लुम्बिनी जे.भि.कन्सट्रकसनले जिम्मालिएको हो भने सर्ववित्तिदै छ । विभिन्नकारण वस पप्पु कन्सट्रकसन र लुम्बिनी जे.भि.ले काम दिएको तर हाल कालो सुचीमा समेत परेका यी ठेकेदार कम्पनीले २०७२ सालमा ठेका करिब साढे ५ करोडको लागतमा सम्झौता भएको थियो र २०७५ सालमा पुर्णरुपमा काम सम्पन्न गरिने सहमती भए पनि ५ बर्ष सकिदा काम सम्पन्न नभएको पर्सा बासीहरुको गुनासो रहेको छ । अहिले न्यू कान्तिपुर कन्सट्रकसनले २०७६ फागुन देखी काम थालनी गरेको छ । तर चैत्र ११ गते देखी विश्व महामारीको रुपमा फैलिरहेको करोना भाइरसले गर्दा देश नै लकडाउन भएको कारण काम शुस्त गतिमा चलिरहेको छ भने त्यस कन्सट्रकसनका सब इन्जिनीयर श्रीराम हलालले फोन सम्पर्कमा भन्नु भयो । भन्ने क्रममा हाल हामीसंग ५ जना कामदार हुनुन्छ, यो अहिले कार्य गरि रखानु भएको छ तर हाल सम्मअहिले हेर्दा बिगत एक साल देखी निर्माणधिन पुलमा खासै प्रगती नभएको हो भने प्रस्टरुपमा नांगो आखाँले हेर्न सकिन्छ । यो यस्तो नदि हो, जहाँ बर्षाैभरी पानि बगिरहन्छ । यसरी पानी भए पछि माछा पनि हुन्छ र माछा खानका लागि राम्रो परिकार पनि हो । त्यसैले होला पुल कन्सट्रकसनका कर्मचारी तथा कामदारहरु माछा समात्ने त्यसका परिकारमा ब्यस्त रहेको स्थानियबासी तथा प्रत्येक्ष दर्शीहरुको गुनासोे छ । माछा समात्दै र त्यसका परिकारमा लिप्त रहेका ती ब्यक्तिहरु नदिमा माछा रहे सम्म र परिकारमा लिप्न रहदा रहदै पनि पुल निर्माण कार्य प्रगती भयो भने पर्सा ग्रामीणबासीहरुले आशा राखेका छन ।

पुरानो पुलको दुबै किनारको सडकलाई काटी आवतजावत बन्द गरिएको छ यसको बैकल्पिक रुपमापुलको दक्षिण भागमा होम पाइपको अधारमा एउटा सानो कलभर्ट निमार्ण गरेर अवागमन भइरहेको छ । यो सानो डाइभर्सनले अवागमन शुरु त भयो । केहि दिनको लागि भएपनि ठिकै होला । तर हाल यो सालभन्दा बढि पुरेको छ । यसबाट बाटोमा पर्ने न्यू पन्ना मोनो बियल इङ्गिलश र्बोिडङ्ग स्कूल र मुनिलाल साहको गोठ लगाएत अन्य ब्यक्तिहरुको घर रहेको छ । यसरी मुनिलाल साह“कोरोना भन्दा पहिला नै यस बाटोबाट आएका धुलोबाट विरामी हुने डर छ भने कुरा राख्नु हुन्छ । त्यस्तै न्यू पन्ना मोनो बियल इङ्गिलश र्बोिडङ्ग स्कूल हाल लकडाउनले बिद्यालय बन्द भएको छ तर पहिला पठन पाठनमा एकदम ग्राहाे भएको थियो । यो समयमा समाधान भएन भने पछि विद्यार्थीहरुलाई पनि ग्राहाे भएर बिद्यालय नै बन्द गर्नु पर्नै अवस्था हुन्छ भने त्यही विद्यालयका प्रन्सिपल जितेन्द्र साह मिठो भाषामा सुनाउनु हुन्छ । बिन्दवासिनी टोलकावासिन्दहरु त्यो बाटोबाट उडेका धुलोहरु हाम्रो घर सम्म आउछ, खाना खान समेत गाह्रो रहेको दुखेसो सुनाउन्छन् ।

यसरी तिलावे नदिको कुरा सम्झदा केही पहिला सबै गाउँका ब्यक्हतिरु दिनहु नुहाउने देखी कपडाहरु सफा गर्ने गर्थे । हाल यसको अवस्था हेर्दा पहिलाका राम्रा कुराहरु सम्झनामा मात्र समिति हुन्छ । किनकी यस नदिको दुवै पटिको किनारमा फोहर फालिएको छ । त्यसमा नदिको पूर्व पट्टिको किनारमा रहेका शिवम् हेचरीले गर्दा वासपासको वातावरण दुर्गन्धित भएको छ । पहिला त त्यस हेचरीबाट निस्केका फोहरहरु नदिमा फाल्ने ग¥र्थे, तर हाल ती फोहरलाई पछाडी पट्टिको ठाउँमा खाल्ठो खनी राख्ने गरेका र खुल्ला रहेका कारण आउने जाने यात्रीहरुलाई पनि शासति खेप्नु परेको छ । यसलाइ हेर्ने निकाय अहिले पनि मौन रहेको छ । साथै गाउँलेबासी र ग्रामिण वासीहरुले शासती भोगिरहेका छन् । हुन त नेपालको संविधान २०७२ को भाग–३ मौलिकहक र कर्तव्य र धारा ३० मा स्वच्छ वातावरणको हकमा हेर्दा दफा १) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य बातावरणमा बाँच्न पाउने हक हुनेछ । २) वातावरणीय प्रदु्रषण वा ह्राबाट हुने क्षति बावत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । ३) राष्ट्रको विकास सम्बन्धि कार्यमा वातावरण र विकासबीच समुचि सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन । भन्ने ब्यवस्था रहेको छ । यसको कार्यन्वयन पक्ष फितिलो दिेखिन्छ । हाल सम्म पत्र पत्रिकाहरुमा कहिले काही सामाचार आए पनि पुर्णरुपमा यस विषयमा पर्साबासी र स्थानिय सरकारले पनि अवाज न उठाएको महसुस हुन्छ ।

पुलको अवस्थालाई हेर्दा पुरानो पुल जिर्ण अवस्था, हाल सम्म मर्मत संभारमा कमजोरी र निमार्णधिनपुल, यसपालीको वर्षायाममा पुलको निर्माण कार्य हुन्छ भने आशा राख्नु बालुवामा पैसा हाले जस्तै हुन्छ । आज भोलि यो चियो चर्चाकाे विषयपनि रहेको छ यसैक्रमा बहुदरमाई नगरपालिका विश्रामपुरका बिजय यादव भन्नु हुन्छ कि यस पालि कारोना भाइरसको माहामारी गर्दा भएको लकडाउन जसतस काटिरहेको छु, २ कठ्ठा लगाएको तरकारी बिक्री नभएर नस्ट पारियो यदि पुल संचालनमा आएन भने सबै ग्रामिण वासीहरुको डाड भचिन्छ र जिवन काटन क्रणमा डुब्नु पर्ने अवस्था हुन्छ । क्रण चुक्ता गर्न बर्सौ लाग्छ । यसरी सबै पक्षलाइ हेर्ने हो भने यसका बैक्लपिक उपायहरु अपनाउनु पर्ने अवस्था नत्र यस पालि कारोना भाइरसले कम र भोकमरीले मर्नु पर्ने अवस्था सृजना हुन्छ । यस विषयमा ग्रामिण बासीहरुको मानसिक तनाव बनिरहेको छ । यी सबै कारण गर्दा जनताहरु तनावपूर्ण अवस्थाबाट गुर्जिरहका छन् । लकडाउन ७० दिनभन्दा बढि भइ सक्यो यो कहिले सम्म चल्छ थाहा छैन, ग्रामिण बासीहरुले सबै कामको हिसाबले सदरमुकानमा नै निर्भर हुन्छन् । वर्षायाम शुरु भए पछि डाइभर्सनलाई नदिले बगाउछ यसमा दुई मत नहोला, त्यसपछि अर्को लकडाउन शुरु हुन्छ, पर्सा ग्रामिण बासीहरुको लागि जुन शर्मनाक र दर्दनाक हुन्छ । यस कारण जनताहरुलाई तनाव मुक्त गर्न, जिवन बचाउन हेतु सबै पक्षको ध्यानआकर्षण गर्नु पर्दछ ।

नरेश गुप्ता
बिन्दवासिनी

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको बीपी उद्यानलाई महानगरले हरियाली पार्क बनाउँदै

वीरगंज । वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकतामा राख्दै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ। लामो...

पर्साका विभिन्न पालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन समयसीमा तोके

वीरगंज । पर्साका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन कडा चेतावनी दिएका छन् । धोबिनी, जिराभवानी र पकहाँमैनपुर गाउँपालिकाले छुट्टाछुट्टै सूचना...

सिम्रौनगढमा ७ किलो गाँजासहित एक जना पक्राउ

कलैया । बारा प्रहरीले सिम्रौनगढबाट लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका–६ गोलागंज निवासी करिब ३० वर्षीय विश्वनाथ मलिक डोमलाई...