Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

क्वारेन्टाईनमा डियुटी गर्न स्वास्थ्यकर्मीलाई समस्या

spot_img
spot_img

वीरगंज । पर्साको श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माविमा रहेको क्वारेन्टाईनमा रहेका दर्जनौ मानिसको हरकतले स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा डियुटी गर्न छोडने जनाएका छन् ।

क्वारेन्टाईनमा जाने स्वास्थ्यकर्मीहरु बस्ने कोठा अगाडी माथीको तल्लाबाट ओहोरदोहोर गर्ने, जहा बस्दा आएर उभने, थुक, खकारहरु जथाभावी फाल्ने हरकतले पोखरीया क्वारेन्टाईनमा डियुटी दिने स्वास्थ्कर्मीहरु दिक्क भई अब डियुटीमा नजाने मानसाय बनाएको जनाएका छन् ।

स्वास्थ्कर्मीहरुका अनुसार शाखा प्रमुख कौशेलेन्द्र मिश्रासंग पटक पटक आफ्ना कुरा राख्दा पनि वास्ता नगर्दा समस्या उत्पन्न भएको हो ।

सोही क्वारेन्टाईनमा बसेका १ जना र केही दिन अगाडी ४ जनामा पोजिटीभ रिपोट आएको छ । अहिले पनि साेही क्वारेन्टाईनमा ३२ जना रहेका छन् ।

क्वारेन्टाईन र पोखरीयाका हरेक वडामा रहेको स्वास्थ्य शाखाहरुलाई सेनिटाईज गर्नका लागी अपिल गर्दा ब्यवस्थापक पक्षले सेनिटाईज नगर्नुले स्वास्थ्कर्मीहरु चिन्तामा परेका छन् । क्वारेन्टाईनमा डियुटी गर्ने कर्मचारी पिपी सेट लगाएर डियुटी गर्छन सोही सेट स्वास्थ्य संस्थामा पनि लगाएर आउने जाने गर्नाले अवस्था नाजुक भएकोले स्वास्थ्यकर्मीहरु डियुटी नगर्न जनाएका छन ।

स्वास्थ्मर्कीहरुका अनुसार यस्तो अवस्थामा क्वारेन्टाईन र स्वास्थ्य संस्थामा डियुटी गर्दै गयो भने हामी संगै हाम्रा घरपरिवार सहित सेवा दिने सेवाग्राही समेत खतरासंग खेल्ने जस्तो बताएका छन् ।

क्वारेन्टाईनमा पुगी स्वास्थ्यकर्मी रामबिनय गुप्तासंग बुझदा अवस्था दैनिय रहेको र हामी पिडीत बन्न बेर नरहेकाे वताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...