Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

क्वारेन्टाईनमा डियुटी गर्न स्वास्थ्यकर्मीलाई समस्या

spot_img
spot_img

वीरगंज । पर्साको श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माविमा रहेको क्वारेन्टाईनमा रहेका दर्जनौ मानिसको हरकतले स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा डियुटी गर्न छोडने जनाएका छन् ।

क्वारेन्टाईनमा जाने स्वास्थ्यकर्मीहरु बस्ने कोठा अगाडी माथीको तल्लाबाट ओहोरदोहोर गर्ने, जहा बस्दा आएर उभने, थुक, खकारहरु जथाभावी फाल्ने हरकतले पोखरीया क्वारेन्टाईनमा डियुटी दिने स्वास्थ्कर्मीहरु दिक्क भई अब डियुटीमा नजाने मानसाय बनाएको जनाएका छन् ।

स्वास्थ्कर्मीहरुका अनुसार शाखा प्रमुख कौशेलेन्द्र मिश्रासंग पटक पटक आफ्ना कुरा राख्दा पनि वास्ता नगर्दा समस्या उत्पन्न भएको हो ।

सोही क्वारेन्टाईनमा बसेका १ जना र केही दिन अगाडी ४ जनामा पोजिटीभ रिपोट आएको छ । अहिले पनि साेही क्वारेन्टाईनमा ३२ जना रहेका छन् ।

क्वारेन्टाईन र पोखरीयाका हरेक वडामा रहेको स्वास्थ्य शाखाहरुलाई सेनिटाईज गर्नका लागी अपिल गर्दा ब्यवस्थापक पक्षले सेनिटाईज नगर्नुले स्वास्थ्कर्मीहरु चिन्तामा परेका छन् । क्वारेन्टाईनमा डियुटी गर्ने कर्मचारी पिपी सेट लगाएर डियुटी गर्छन सोही सेट स्वास्थ्य संस्थामा पनि लगाएर आउने जाने गर्नाले अवस्था नाजुक भएकोले स्वास्थ्यकर्मीहरु डियुटी नगर्न जनाएका छन ।

स्वास्थ्मर्कीहरुका अनुसार यस्तो अवस्थामा क्वारेन्टाईन र स्वास्थ्य संस्थामा डियुटी गर्दै गयो भने हामी संगै हाम्रा घरपरिवार सहित सेवा दिने सेवाग्राही समेत खतरासंग खेल्ने जस्तो बताएका छन् ।

क्वारेन्टाईनमा पुगी स्वास्थ्यकर्मी रामबिनय गुप्तासंग बुझदा अवस्था दैनिय रहेको र हामी पिडीत बन्न बेर नरहेकाे वताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...