Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया नगरपालिकाकी एक किशाेरीमा काेराेना संक्रमण

spot_img
spot_img

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा पुन: एक जनामा काेराेना संक्रमण देखिएकाे छ । वडा नम्बर ६, श्रीसिया घर भएकी १५ बर्षकी किशोरीमा कोरोना संक्रमण फेला परेकाे नगरपालिकाकाे स्वास्थ्य शाखाका काैशलेन्द्र मिश्राले वताए ।

श्री जिल्ला उच्चांगल माविकाे क्वारेन्टाइनमा रहेकी किशाेरीकाे जेठ १९ गते स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मिश्राले जानकारी दिए ।

भारतकाे दिल्लीबाट बुवा, आमासंगै आएकी किशाेरीकाे जेठ १३ गते स्वाब संकलन गरी पहिलो पटक परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको भएपनि पुनः जेठ १९ गते दोस्रो पटक स्वाब संकलन गरि परिक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

सो बालिकालाई उनकै बुबाबाट कोरोना सरेको मेसु उपाध्यायले बताए । यसभन्दा पहिला पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुवामा समेत संक्रमण फेला परेकाे थियाे ।

उनकाे बुवाकाे नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ भने संक्रमित किशाेरीलाई पनि साे अस्पतालकाे आइशाेलेसनमा पठाइएकाे छ ।

याेसंगै पाेखरिया नगरपालिकामा काेराेना संक्रमितकाे संख्या पांच पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...