Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरिया नगरपालिकाकी एक किशाेरीमा काेराेना संक्रमण

spot_img
spot_img

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा पुन: एक जनामा काेराेना संक्रमण देखिएकाे छ । वडा नम्बर ६, श्रीसिया घर भएकी १५ बर्षकी किशोरीमा कोरोना संक्रमण फेला परेकाे नगरपालिकाकाे स्वास्थ्य शाखाका काैशलेन्द्र मिश्राले वताए ।

श्री जिल्ला उच्चांगल माविकाे क्वारेन्टाइनमा रहेकी किशाेरीकाे जेठ १९ गते स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मिश्राले जानकारी दिए ।

भारतकाे दिल्लीबाट बुवा, आमासंगै आएकी किशाेरीकाे जेठ १३ गते स्वाब संकलन गरी पहिलो पटक परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको भएपनि पुनः जेठ १९ गते दोस्रो पटक स्वाब संकलन गरि परिक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

सो बालिकालाई उनकै बुबाबाट कोरोना सरेको मेसु उपाध्यायले बताए । यसभन्दा पहिला पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुवामा समेत संक्रमण फेला परेकाे थियाे ।

उनकाे बुवाकाे नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ भने संक्रमित किशाेरीलाई पनि साे अस्पतालकाे आइशाेलेसनमा पठाइएकाे छ ।

याेसंगै पाेखरिया नगरपालिकामा काेराेना संक्रमितकाे संख्या पांच पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...