Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाल इण्डो हस्पिटलमा आकस्मिक रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल इण्डो हस्पिटल प्रा.ली. वीरगंजकाे आयाेजनामा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हस्पिटल प्राङ्गणमा भएकाे कार्यक्रममा ४ महिला सहित २२ जनाले रक्तदान गरेको हस्पिटलका कोर्डिनेटर करण पटेलले बताए ।

हस्पिटलका निर्देशक चन्द्र शेखरको अध्यक्षतामा भएकाे कार्यक्रममा करण राउत, सुमित सिंह, निकिता पाण्डे, रिना देवी, रोशनी लामा लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा अखिल नेपाल प्रगतिशील जनस्वाथ्य कर्मी महासंघको केन्द्रीय सचिव सुबास गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...