Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पटेर्वा सुगाैलीद्वारा वीरगंज महानगरलाई २५ लाख सहयाेग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप ब्यवस्थापन कोषमा आज पटेर्वासुगौली गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको छ । पटेर्वासुगौली गाउँ पालिकाका अध्यक्ष हरिबावु चौधरीले कोविड विरुद्ध वीरगंज महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न २५ लाख रुपियाँको चेक वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भयो ।

गत जेठ ६ गते वीरगंजको नगर सभा गृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, १४ वटा पालिकाका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थिीतीमा भएको बैठकले पर्साका सवै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भए अनुसार नै पटेर्वासुगौला गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष चौधरीले वताउनु भयो ।

वीरगंज महानगरपालिकाले पिसिआर मेशिन, मिटिएम किट, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोविड अस्पताल संचालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो ।

आजै महाविर मन्दीर समितिको तर्फबाट एक लाख एघार हजार, ग्लोवल आइएमई र्बक वीरगंज शाखाको तर्फबाट एक लाख, पिसि मिडिया नेटर्वक (रेडियो सान्भी)को तर्फबाट २५ हजार नगद, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वरनवालबाट ५ हजार दुई सय पचास प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका छन् ।

उक्त कोषमा वीरगंज महानगरपालिकाले एक करोड जम्मा गरी सकेको छ भने हाल सम्म उक्त कोषमा एक करोड ५६ लाख ७५ हजार जम्मा भैसकेको मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...