Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

पर्साकाे २ पालिकाकाे क्वारेन्टाइनबाट एक सय १२ जनालाई घर पठाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ३० जनालाई आईतवार घर पठाइएकाे छ ।

विभिन्न मितीमा भारतबाट आएकाहरूलाई क्ववारेन्टाइनमा राखिएकाे थियाे ।

गत जेष्ठ १४ गतेकाे स्वाब संकलन गरि पिसीआर विधीबाट गरिएकाे काेराेना परिक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ आएपछि घर पठाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राैनियारले जानकारी दिए ।

श्री दिपनारायान माबि औराहा पचगावाको क्वारेन्टाइनमा रहेका मध्ये पिसिआर रिपाेर्ट नगेटिभ आएका ३० जनालाई घर पठाइएकाे उनले वताए ।

यस्तै छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ८२ जनालाई घर पठाइएकाे छ । भिस्वास्थित श्री मंगल माविकाे क्वारेन्टाइनबाट ३८ जना, तुल्सीबर्वास्थित श्री नेरा प्राविकाे क्वारेन्टाइनबाट ४८ जना र बुडगाईकाे क्वारेन्टाइनबाट ४ जनालाई घर पठाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले जानकारी दिए ।

सबै जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ आएपछि घर पठाइएकाे उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...