Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

एमसीसी राष्ट्रिय हित विपरित : नेता यादव

spot_img
spot_img

एमसीसी विवाद अहिले नेपालमा चौतर्फी चर्चाको विषय बनेको छ । एमसीसीले गर्दा अहिलेको नेपाली समाज एवम राजनीतिक दल बिच विभिन्न टीका टिप्पणी सुरु भएको छ। एक पक्षले एमसीसी पारित गर्नु पर्नेमा जोड दिएको छ भने अर्कोले कुनै हालतमा यसलाइ रोक्नु पर्ने अडान लिएको छ। प्रमुख प्रतिपक्षी दलले यो पास गर्नु पर्ने धारणा बनाएको छ भने सत्ताधारी पार्टी नेकपाको मत यो बिषयमा बिभाजन भएको छ । सुरुमा एमसीसीलाई अमेरिका सरकारले नेपालको सडक स्तरोउन्नति एवं उर्जा प्रबर्धनको निम्ति सहयताको रुपमा बुझिएको थियो । तर सम्झौता अध्यन गरेपछी ठूलो रकमको अनुदान आउने भए पनी, यो नेपालको हकमा नभएको देखिन्छ । मैले नेपाल भ्रमणको क्रममा अमेरिकी विदेश विभागका दक्षिण एसियाका सहायक सचिव डेभिड जे रान्जले एमसीसी इन्डो प्यासिफिक रणनीतिको महत्वपूर्ण हिस्सा हो भनेर तर्क पेश गरेका थिए। सहायक सचीवको कुरा सही हो भने, यसले हाम्रो बिदेश नीतिलाई चैलेन्ज गर्छ र यो हाम्रो लागि ठीक होइन। हाम्रो पार्टी नेकपाका अधिकांश शिर्ष नेताहरूले पनी एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा भएको खण्डमा सैनिक गठबन्धन जस्तो देखिने सैनिक रणनीतिमा नेपाल सहभागी हुन नसक्ने भन्दै अमेरिकी सरकारको राय माग गर्नु भएको छ र असंलग्न नीति अन्तर्गत नेपाल सामेल हुन नहुने भन्दै जोडदार आवाज उठाउनु भएको छ।

एमसीसी राष्ट्रिय हित बिपरित यो अर्थमा पनि छ, झट्टै हेर्दा नेपालको सडक स्तरोउन्नति एवं उर्जा प्रबर्धनको निम्ति सहयताको रुपमा बुझिएता पनि एमसीसी मा हस्ताक्षर भएका बुँदाहरु नियाल्दा भयानक र राष्ट्रिय हित बिपरित छन् । जस्तै धारा ३ को दफा ३.२ (च ) सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको पूर्ण अधिकार हुनेछ जस अनुरुप यो परियोजनामा कार्यहरु गर्दा नबिन बस्तुको विकास भएमा या उत्खनन भएमा अमेरिकाको पूर्ण अधिकार रहनेछ । धारा ३ को दफा ३ (८) (क) परियोजना लेखापरिक्षण अमेरिकाको कम्पनिले मात्र गर्न सक्नेछ ,जस अनुरुप यो परियोजनामा नेपालले १३० मिलियन डलर लागनीको हिसाब किताब पारदर्शिता रहनेछैन र सम्पूर्ण अधिकार अमेरिकामा निहित हुनेछ । धारा ५ को दफा ७ (क) प्रस्तुत सम्झौता लागु भएपछि प्रस्तुत सम्झौतामा उल्लेखित र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ जस अनुरुप यो परियोजना नेपालमा संचालित भएतापनि नेपालको संबिधान, कानुन र ऐन लागु हुनेछैन । अनुसूची १ (ग) को २ – एस परियोजनामा नेपाल सरकारले राज्यका कुनै निकायलाई खटाउनु पर्दा एम सी सीको स्वीकृति लिनु पर्ने छ जस अनुरुप एम सी सी परियोजना नेपाल सरकार मातहत हुनेछैन र नेपाल सरकार भन्दा सर्वपरी रहनेछ । अनुसुची ४ (क) – नेपाल सरकारले एम सी सीलाई चित्त बुझ्ने योजना तयार पारि पठाउनु पर्नेछ र त्यस्तो योजना इन्डियाको सरकारले समेत समर्थन गरेको हुनुपर्छ – यसको मतलब यो हुन्छ कि नेपालको भूभागमै परियोजनाका कार्य हुने भएता पनि भारतको समर्थन लिनु पर्ने छ जुन नेपालको स्वाधीनता, सर्वभौमिकताको विपक्षमा छ।

यसको साथसाथै इन्डो प्यासिफिक रणनीति छिमेकि मुलुक चिन घेर्ने रणनीति एवं चिनले अघि सारेको आर्थिक सहकार्यको परियोजना बेल्ट तथा रोड परियोजनाको काउन्टरमा अघि सारिएको सैन्य रणनीति हो। असंलग्न पररास्ट्र नीति अंगाल्ने नेपालले आर्थिक सहयताको स्वरुपमा देखा पर्ने सैन्य रणनीतिको दल दलमा फस्ने हो भने कालान्तार सम्म नेपालको भूराजनितिमा असर देखि रहनेछ छ र इराक, अफगानिस्तान र सिरिया जस्तै बिदेशीहरुको क्रिडास्थलमा परिणत हुनेछ। त्यस्तै, नेपालको संविधान, कानुन, नियमावली र सर्वोच्वका आदेश निस्कृय हुने प्रावधान, नेपालको बोर्ड बनाउने र बोर्डको उत्तरदायित्व सरकारप्रति नहुने, केवल न्यायालयले मात्र नियन्त्रण गर्न सक्ने, आयोजनाको अमेरिकी संघिय कानुन लाग्ने र एमसीसीका कर्मचारीमाथि नेपाली कानुन नलाग्ने, भारतको सहमति लिनुपर्ने लगायताका बुदाहरुले हाम्रो सार्वभौमसत्ता माथी प्रश्न उठाएको छ। ५०० मिलियन डलर भनेको नेपालको ( २०७६/७७)को कुल बजेटको झन्डै ३ प्रतिशत मात्र हो, यो छोटो रकम हामी अन्य ठाउँबाट सजीलै व्यवस्थापन गर्न सक्छौ । तसर्थ यो पारित गरेर हामी स्वभीमान गुमाउनु हुन्न ।

                                                                    छोटेलाल प्रसाद यादव
                                                                      प्रदेश २ कमिटी सदस्य, 
                                                                 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...