Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पटेर्वा सुगाैलीका ५ जनामा पनि काेराेना संक्रमण

spot_img
spot_img

वीरगन्ज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाका पाँच जनाामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्टेवा सुगौली गाउँपालिकाकाे ५ जनामा काेराेना संक्रमण फेला परेकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।

२२ बर्षिय २ पुरुष, २५ बर्षिय एक पुरुष, एक महिला र ३६ बर्षिय एक पुरुष गरी ५ जनामा कोरोना संक्रमण फेला फेला परेकाे उनले जानकारी दिए ।

भारतको विभन्न प्रदेशबाट नेपाल फर्केका उनीहरुलाई गाउँपालिकाकै क्वारेन्टाईनमा राखी पीसीआर परिक्षणको लागि स्वाबः संकलन गरिएको थियो । नारायणी अस्पतालमा रहेको पीसीआर मेसिनमा संकलन गरिएको स्वाब परिक्षण हुदाँ शनिबार साझ पाँचै जनाको रिपोर्ट पोजेभिट आएको उनले बताए ।

निचुटाकाे क्वारेन्टाईनमै बसेका पाँचै जनाको रिपोर्ट पोजेटिभ आएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले समेत वताए ।

पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. ५ काे ३ जना, २ काे एक जना र ४ काे एक जनामा पिसिआर परिक्षणकाे रिपाेर्ट पाेजेटिभ आएकाे मेसु उपाध्यायले जानकारी गराए । निचुटाकाे क्वारेन्टाइनमा रहेकाे पांचै जना संक्रमितलाई वीरगंजस्थित नारायणी अस्थाई काेराेना अस्पताल गण्डकमा ल्याउन लागिएकाे उनले वताए ।

यसअघि आज बिहान पनि पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा एक महिला सहित २ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...