Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

प्रदेश सांसद कलवारद्वारा क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ का (ख) का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले आज आफ्नाे क्षेत्र अन्तर्गतका क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गरेका छन्

कोरोना भाइरस संक्रमण हुन सम्भावीत जोखिमबाट बचाउनको लागि आफ्नाे क्षेत्रका ५ वटा क्वारेन्टाइनमा स्वास्थ्य समाग्री र फलफुल सांसद कलवारले वितरण गरेकाे जनता समाजवादी पार्टी पर्साका नेता तबरेज अहमदले जानकारी दिए । सांसद कलवारले आफ्नो ब्यक्तिगत लगानीमा क्षेत्र अन्तर्गतकाे धोबिनी, छिपहरमाई र कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइमा सामग्री वितरण गरेकाे नेता अहमदले वताए ।

उनका अनुसार सांसद कलवारले धाेबिनी गाउँपालिकाकाे श्री काली प्रसाद लाखे माविमाको क्वारेन्टाइन रहेका २४ जनालाई, छिपहरममई गाउँपालिकाकाे श्री मंगल माध्यमिक बिधालय भिस्वा, श्री नेरा प्राबी तुल्सिवर्वा, नेरा प्राबि बुढगाईको क्वारेन्टाइनमा रहेका १ सय ४ जना र कालिकामाई गाउँपालिकाकाे श्री नेरा अधारभुत विद्यालय हरिहरपुरकाे क्वारेन्टाइन रहेका १८ जना गरि १ सय ४६ जनालाई मास्क, सेनिटाईजर, साबुन, स्याउ र बिस्कुट बितरण गरेका हुन् ।

यसका साथै क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरुको लागि पिपिइ सेट, थर्मल गन र सेनिटाईजर बितरण गरिएको प्रदेश सांसद कलवार का स्वकीय सचिव दिपेन्द्र साहले वताए। प्रदेश सांसद कलवारले आफै क्वारेन्टाइनहरुमा गई क्वारेन्टाइनमा रहेकाहरुसंग भेटघाट गर्दै समाग्रीहरु बितरण गरेकाे उनले जानकारी गराए ।

क्वारेन्टाइनहरुकाे लागि स्वास्थ्य सामग्री सम्बन्धित गाउँपालिकाकाे स्वास्थ्य संयोजकहरुलाई हस्तान्तरण गरिएकाे वताइएकाे छ ।

साे अवसरमा बिश्वब्यापी महामारीको रुपमा फैलिएकाे कोरोना भाईरसबाट बाचनको लागी सुरक्षाको साथै सतर्कता अपनाउन समेत जरुरी रहेको सांसद कलवारले वताए ।

सामग्री वितरण गर्न सांसद कलवारकाे साथमा जनता समाजबादी पार्टीका नेता रामनरेश प्रसाद यादव, नेपाल निर्माण ब्यवसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष दिभाकर पटेल लगायतकाहरु क्वारेन्टाइनहरुमा पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...