Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सखुवा प्रसाैनीकाे थप २ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाे २ जनामा कोरोना संक्रमण फेला परेकाे छ । श्री दीपनारायण आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १८ बर्षिय पुरुष र ६० बर्षिय महिलामा संक्रमण फेला परेकाे गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी दिए ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान दुबै जनामा रिपाेर्ट पाेजेटिभ आएकाे अध्यक्ष जयसवालले वताए । याेसंगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।

संक्रमित मिहला वडा नं. १ रेज औंराहा निवासी र वडा नं. २ गुलवरिया निवासी पुरुष रहेकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश  राैनियारले जनाए ।

संक्रमित पुरुष जेठ १० गते भारतकाे उपीबाट र महिला जेठ १२ गते भारतकाे मुम्बईबाट घर आएका थिए । गाउँपालिकाले भारतबाट फर्किएका पुरुषलाई साेही दिन र महिलालाई एक दिन पछि क्वारेन्टाइनमा राखेकाे थियाे ।

जेठ १४ मा क्वारेन्टाइनमा रहेका ५० जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको संयाेजक राैनियारले वताए ।

संक्रमित दुबै जनालाई वीरगंजस्थित नारायणी काेराेना बिशेष अस्पताल गण्डकमा पठाउने लागिएकाे उनले वताए ।

उनले भने “संक्रमितलाई गण्डक अस्पतालकाे आइशाेलेसनमा पठाउन लागेका छाैं, तर एमबुलेन्स नपाएर ढिलाे भएकाे छ । कुनै पनि एमबुलेन्स चालकले संक्रमितलाई वीरगंज पुर्याउन नमानेर समस्या भएकाे छ ।”

यस अघि पनि सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. १ सिद्धपुरकाे एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...