Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पाेखरिया अस्पताललाई ५० बडेकाे संचालन गर्न प्रदेश सरकारसंग बजेट माग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानीले प्रदेश सरकारसंग पाेखरिया अस्पताललाई ५० बेडकाे संचालन गर्नकाे लागि बजेट र चिकित्सककाे माग गर्नु भएकाे छ ।

समानीले आज प्रेस विज्ञप्ती जारी गर्दै पर्साकाे केन्द्रमा रहेको पोखरिया अस्पताललाई छोटो प्रकृया पुरागरि घाेषणा अनुसार ५० बेडकाे बनाउन बजेट, चिकित्सक, कर्मचारी, औषधि लगायतका अस्पताललाई चहिने समाग्रीहरू उपलब्ध गराई सहयोग गर्न अनुरोध गर्नु भएकाे छ ।

नेपाल सरकारद्वारा नारायणी अस्पताललाई कोभीड अस्पताल बनाए पश्चात यस भेगका सर्व साधारण जनताहरु संकटको अवस्थामा ईलाजबाट बन्चित भएका छन । यस्तो आर्थिक संकटको बेला पनि निजि अस्पतालमा उपचार गराउन बाध्यता बस बढी पैसा तिर्नु परि रहेको छ ।

बिभिन्न संघसस्था, नगरिक समाज, पत्रकार, सम्पूर्ण राजनीति दल लगायत धर्ना, ज्ञापन, बिरोध गरे पनि हाल सम्म संचालनमा न आउनु दुर्भाग्य भएकाे जारी बिज्ञप्तीमा उल्लेख गर्नु भएकाे छ ।

यसका साथै पर्सा जिल्लाको केन्द्र बिन्दु तथा दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पताललाई हाम्रो प्रयासले प्रदेश २ सरकारद्वारा ५० बेडको सुबिधा सम्पन्न जिल्ला अस्पताल बनाउने घाेषणा गरे अनुसार कार्यन्वयनकाे माग गर्नु भएकाे हाे ।

नेता सम्मानीले महामारीको अवस्थामा गरिब जनताहरू खान्न लाउन बसनको साथै ईलाजको अभावमा मृत्यु भईरहेको हामी सबैलाई थाह नै छ । आज लकडाउनको कारण गाऊमा बस्नेहरुलाई सदरमुकाम बीरगंज ईलाज गराउन आउन जन त्यती नै अप्ठेयराहरु छन हाम्रो देशमा तिन तहको सरकार भएता पनि आम नगरीक कस्टकर जिवन बिताउन बाध्य भएकाे प्रेस विज्ञप्ती मार्फत वताउनु भएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...