Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पाेखरिया अस्पताललाई ५० बडेकाे संचालन गर्न प्रदेश सरकारसंग बजेट माग

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानीले प्रदेश सरकारसंग पाेखरिया अस्पताललाई ५० बेडकाे संचालन गर्नकाे लागि बजेट र चिकित्सककाे माग गर्नु भएकाे छ ।

समानीले आज प्रेस विज्ञप्ती जारी गर्दै पर्साकाे केन्द्रमा रहेको पोखरिया अस्पताललाई छोटो प्रकृया पुरागरि घाेषणा अनुसार ५० बेडकाे बनाउन बजेट, चिकित्सक, कर्मचारी, औषधि लगायतका अस्पताललाई चहिने समाग्रीहरू उपलब्ध गराई सहयोग गर्न अनुरोध गर्नु भएकाे छ ।

नेपाल सरकारद्वारा नारायणी अस्पताललाई कोभीड अस्पताल बनाए पश्चात यस भेगका सर्व साधारण जनताहरु संकटको अवस्थामा ईलाजबाट बन्चित भएका छन । यस्तो आर्थिक संकटको बेला पनि निजि अस्पतालमा उपचार गराउन बाध्यता बस बढी पैसा तिर्नु परि रहेको छ ।

बिभिन्न संघसस्था, नगरिक समाज, पत्रकार, सम्पूर्ण राजनीति दल लगायत धर्ना, ज्ञापन, बिरोध गरे पनि हाल सम्म संचालनमा न आउनु दुर्भाग्य भएकाे जारी बिज्ञप्तीमा उल्लेख गर्नु भएकाे छ ।

यसका साथै पर्सा जिल्लाको केन्द्र बिन्दु तथा दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पताललाई हाम्रो प्रयासले प्रदेश २ सरकारद्वारा ५० बेडको सुबिधा सम्पन्न जिल्ला अस्पताल बनाउने घाेषणा गरे अनुसार कार्यन्वयनकाे माग गर्नु भएकाे हाे ।

नेता सम्मानीले महामारीको अवस्थामा गरिब जनताहरू खान्न लाउन बसनको साथै ईलाजको अभावमा मृत्यु भईरहेको हामी सबैलाई थाह नै छ । आज लकडाउनको कारण गाऊमा बस्नेहरुलाई सदरमुकाम बीरगंज ईलाज गराउन आउन जन त्यती नै अप्ठेयराहरु छन हाम्रो देशमा तिन तहको सरकार भएता पनि आम नगरीक कस्टकर जिवन बिताउन बाध्य भएकाे प्रेस विज्ञप्ती मार्फत वताउनु भएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...