Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

जिराभवानीकाे एक जनामा पनि काेराेना, पर्सामा संक्रमितकाे संख्या सय पुग्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानीका गाउँपालिका वडा नं. ५ हरैयाका एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  विताे महताे जनता मावि जितपुर नयाँटाेलाकाे क्वारेन्टाइनमा रहेका ३४ बर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

७ दिन पहिला भारतकाे रक्साैलबाट आएका युवकमा संक्रमण फेला परेकाे क्वारेन्टाइनका जिम्मेवार व्यक्ति सिएमए राजकुमार चाैधरीले वताए ।

उनका अनुसार संक्रमण फेला परेका युवक ७ दिन पहिला आफ्नाे श्रीमतीसंगै भारतकाे रक्साैलबाट आएका थिए । लकडाउन भन्दा पहिला नै उनी आफ्नाे श्रीमतीसंगै रक्साैलस्थित एक वैवाहिक समाराेहमा सहभागि हुन गएका थिए । तर लकडाउनका कारण रक्साैल मै राेकिएका उनीहरु एक हप्ता पहिला मात्र जिराभवानी आएका थिए ।

रक्साैलबाट आए लगतै उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे थियाे । मंगलबार उनीहरुसहित १९ जनाकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षणकाे लागि पठाइएकाे थियाे । साेही मध्येका एक युवककाे रिपाेर्ट पाेजेटिभ आएकाे चाैधरीले जानकारी गराए । तर उनकाे श्रीमतीसहित बाकी १८ जनाकाे रिपाेर्ट नगेटिभ आएकाे उनले वताए ।

संक्रमित व्यक्तिलाई वीरगंजस्थि नारायणी बिशेष काेराेना अस्पताल गण्डकमा पठाइसकिएकाे उनले वताए ।

संक्रमित जिराभवानी गापा ५ हरैया निवासी भए पनि उनकाे स्थाई घर धाेबिनी गाउँपालिकाकाे लक्षमीपुर रहेकाे सिएमए चाैधरीले जानकारी दिए । उनी हरैयास्थित ससुराली घरमा बस्दै आएकाे चाैधरीले वताए ।

हाल पनि त्यहीं क्वारेन्टाइनमा २ महिला सहित ३८ जना रहेकाे सिएमए चाैधरीले जानकारी दिए ।

बिहिबार सांझ पनि पाेखरिया नगरपालिकाकाे ४ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । तर याे ४ सहित पर्साका ५ जनामा संक्रमण फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्र पुष्टि गरेकाे हाे । याेसंगै पर्सामा संक्रमितकाे संख्या सय पुुगेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...