Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीकाे एक जनामा पनि काेराेना, पर्सामा संक्रमितकाे संख्या सय पुग्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानीका गाउँपालिका वडा नं. ५ हरैयाका एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  विताे महताे जनता मावि जितपुर नयाँटाेलाकाे क्वारेन्टाइनमा रहेका ३४ बर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

७ दिन पहिला भारतकाे रक्साैलबाट आएका युवकमा संक्रमण फेला परेकाे क्वारेन्टाइनका जिम्मेवार व्यक्ति सिएमए राजकुमार चाैधरीले वताए ।

उनका अनुसार संक्रमण फेला परेका युवक ७ दिन पहिला आफ्नाे श्रीमतीसंगै भारतकाे रक्साैलबाट आएका थिए । लकडाउन भन्दा पहिला नै उनी आफ्नाे श्रीमतीसंगै रक्साैलस्थित एक वैवाहिक समाराेहमा सहभागि हुन गएका थिए । तर लकडाउनका कारण रक्साैल मै राेकिएका उनीहरु एक हप्ता पहिला मात्र जिराभवानी आएका थिए ।

रक्साैलबाट आए लगतै उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे थियाे । मंगलबार उनीहरुसहित १९ जनाकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षणकाे लागि पठाइएकाे थियाे । साेही मध्येका एक युवककाे रिपाेर्ट पाेजेटिभ आएकाे चाैधरीले जानकारी गराए । तर उनकाे श्रीमतीसहित बाकी १८ जनाकाे रिपाेर्ट नगेटिभ आएकाे उनले वताए ।

संक्रमित व्यक्तिलाई वीरगंजस्थि नारायणी बिशेष काेराेना अस्पताल गण्डकमा पठाइसकिएकाे उनले वताए ।

संक्रमित जिराभवानी गापा ५ हरैया निवासी भए पनि उनकाे स्थाई घर धाेबिनी गाउँपालिकाकाे लक्षमीपुर रहेकाे सिएमए चाैधरीले जानकारी दिए । उनी हरैयास्थित ससुराली घरमा बस्दै आएकाे चाैधरीले वताए ।

हाल पनि त्यहीं क्वारेन्टाइनमा २ महिला सहित ३८ जना रहेकाे सिएमए चाैधरीले जानकारी दिए ।

बिहिबार सांझ पनि पाेखरिया नगरपालिकाकाे ४ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । तर याे ४ सहित पर्साका ५ जनामा संक्रमण फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्र पुष्टि गरेकाे हाे । याेसंगै पर्सामा संक्रमितकाे संख्या सय पुुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...