Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

गणतन्त्र दिवशको अवसरमा पर्सा कारागारबाट ७ जना कैदी रिहा

spot_img
spot_img

वीरगंज । गणतन्त्र दिवशको अवसरमा पर्सा कारागारबाट ७ जना कैदीको कैद सजाय मिनहा गरिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदेश २ बाट १२ जना कैदी सहित नेपालका सवै कारागारबाट २ सय ३३ कैदिहरुको बाकी कैद कट्टी भएकोमा पर्सा कारागारबाट ७ जना कैदी परेका छन ।

पर्सा कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान मुद्वाका १ जना, दस्तखत किर्ते मुद्वाका १ जना, बन पैदावार मुद्वाका १ जना तथा अङग्भङ्ग मुद्वाका १ जना कैदी कैदमुक्त भएका हुन् ।

कैदमुक्त भएका कैदीहरुलाई बीरगंज कारागारका जेलर श्रवण पोखरेलले अबिर टिका लगाई पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस भन्दै सुभकामना दिदै बिदाई गरेका थिए ।

यसैगरी प्रदेश २ का अन्य कारागार सप्तरी कारागार बाट २ जना, सिराहा कारागार बाट १ जना, महोत्तरी कारागार बाट २ जना कैदी कैद मुक्त भएको बीरगंज कारागारका जेलर पोखरेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...