Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

गणतन्त्र दिवशको अवसरमा पर्सा कारागारबाट ७ जना कैदी रिहा

spot_img
spot_img

वीरगंज । गणतन्त्र दिवशको अवसरमा पर्सा कारागारबाट ७ जना कैदीको कैद सजाय मिनहा गरिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदेश २ बाट १२ जना कैदी सहित नेपालका सवै कारागारबाट २ सय ३३ कैदिहरुको बाकी कैद कट्टी भएकोमा पर्सा कारागारबाट ७ जना कैदी परेका छन ।

पर्सा कारागारबाट सवारी ज्यान मुद्वाका ३ जना, कर्तव्य ज्यान मुद्वाका १ जना, दस्तखत किर्ते मुद्वाका १ जना, बन पैदावार मुद्वाका १ जना तथा अङग्भङ्ग मुद्वाका १ जना कैदी कैदमुक्त भएका हुन् ।

कैदमुक्त भएका कैदीहरुलाई बीरगंज कारागारका जेलर श्रवण पोखरेलले अबिर टिका लगाई पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस भन्दै सुभकामना दिदै बिदाई गरेका थिए ।

यसैगरी प्रदेश २ का अन्य कारागार सप्तरी कारागार बाट २ जना, सिराहा कारागार बाट १ जना, महोत्तरी कारागार बाट २ जना कैदी कैद मुक्त भएको बीरगंज कारागारका जेलर पोखरेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...