Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

युवालयले बाँड्याे गर्भवती तथा सुतकेरी महिलालाई राहत

spot_img
spot_img

वीरगंज । युवालयले वीरगंज महानगरपालिका वडा नं १६ मिथला नगर टोलमा बसोबास गर्दै आईरहेका गरिब तथा बिपन्न बस्तीमा बिहिबार पोषण तथा खाधन्न राहत स्वरुप वितरण गरेको छ ।

कोरोना भाईरसका कारण भएकाे लकाडाउनको २ महिना बितिसक्दा पनि सो समुदायमा अहिले सम्म कही कतैबाट राहत नपाएको गुनासो आएपछि युवालय नामक गैर सरकारी संस्थाले राहत बितरण गरेको हो ।

गर्भवती तथा सुतकेरी आमालाई संस्थाले १ करेट अण्डा, कपडा धुने साबुन १ पिस, डिटवल १ पिस, भाडा मास्ने साबुन १ पिस, तेल १ लिटर, सरफ १ पिस, कोलोजप १ पिस, नुन १ किलो, चिनी १ केजी लगायतकाे सामग्री वितरण गरेकाे युवालेका सदस्य जया साहले जानकारी दिए ।

सो बस्तीमा दैनिक मजदुरी गर्दै आएका ती परिवारमा भएका गर्भवती तथा सुतकेरी आमाका लागि पोषण तथा दैनिक सरसफाईको समाग्री अभाव भएको जानकारी पाएपछि बाल अधिकारकर्मी तथा युवालयका कार्यसमिति सदस्य जया साहको बिशेष पहलमा युवालय नामक गैर सरकारी संस्थाले पोषण तथा खाधन्न राहत वितरण गरेको हो ।

वीरगंज महानगरपालिकाका गैसस शाखा प्रमुख तथा बाल मैत्री सम्पर्क व्यक्ति मुकेश गुप्ता, युनिसेफमा कार्यरत राजेश यादबको बिशेष सहजीकरण तथा उपस्थितिमा राहत बितरण गरिएको युवा अभियान्त आमिर हवारीले जानकारी दिए ।

दैनिक ज्याला मजदुरी मात्रै गरेर आफनो घर परिवारको छाक टार्दै आएका बस्तीमा पहिलोे चरणको राहत बितरण गरेको तथा अगामी दिनमा पनि राहत बितरण जारी राख्ने युवालयका सदस्य साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...