21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

मानवसेवा आश्रम वीरगंज चौथो बर्षमा प्रवेश

वीरगंज । मानवसेवा आश्रम प्रदेश नं. २, वीरगञ्ज शाखा तेश्रो वर्ष पुरा गरी आजदेखी चौथो वर्षमा प्रवेश गरेको छ ।

वि.सं. २०८२ साल भन्दा अगाडी देशलाई सडकआश्रित मानवमुक्त बनाउने अभिप्रायले वि.सं २०७४ ज्येष्ठ १५ गतदेखी औपचारीक रुपमा उद्घाटन गरिएको मानवसेवा आश्रम बीरगञ्ज शाखा आजदेखी चौथो वर्षमा प्रवेश गरेको हाे ।

मानवसेवा आश्रमले बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर व्यक्तिहरुको हेरचाह र रेखदेख गर्दै सहारा बन्दै आएको छ । निस्वार्थ भावनाका साथ सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारीक पुर्नमिलन गराउने सामाजिक संस्थाको रुपमा स्थापना गरिएका मानवसेवा आश्रमका सातै प्रदेशमा १४ जिल्ला र १९ वटा सेवा केन्द्रहरु रहेका छन् । तिमध्ये प्रदेश न. २ को शाखा वीरगञ्ज रहेको छ ।

विभिन्न सामाजिक अभियानता, स्वयमसेवक, देश तथा विदेशमा रहेका शुभेच्छुक, संघ संस्था, व्यक्तिका साथै विभिन्न निकायहरुबाट प्राप्त हुने सहयोगको भरमै मानवसेवा आश्रम वीरगञ्ज शाखाले १६ महिने बालक सहित ३१ जना आमा बुबाको पालनपोषण गर्दै आएको आश्रमका प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो ।

३ वर्ष सम्मको यात्रामा विभिन्न उतारचढाव तथा बाधा अड्चनहरुको सम्पुर्ण शुभचिन्तकको साथ र समर्थनका कारण सामना गर्दै चौथो वर्षमा प्रवेश गर्न सफल भएको र आगामा दिनमा पनि सहयोगी हातहरु अँझै बढ्दै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
सम्पुर्ण समाजसेवी तथा शुभचिन्तकको सहयोग र आश्रममा आश्रित आमाबुबाको आशिर्वादका कारण थप हौसला र प्रेरणा प्राप्त हुने आश्रमका स्वयमसेवकहरु बताउँछन् ।

हाल सम्मको अवधिमा आश्रमले ८ जना भारत, ६ जना नेपाल र १ जना बंगलादेश सहित १५ जनाको पुर्नमिलन गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.292 sec. Memory consumption:81.5 mb