Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

प्रदुषण फैलाउँदै कालिका कन्ट्रक्सन

spot_img
spot_img

वीरगंज । घना बस्तीको बीचमै विभिन्न निर्माण कार्यका सामग्री उत्पादन गरी कालिका कन्ट्रक्सनले ब्यापक प्रदुषण फैलाई रहेको छ ।

विरगंजको वार्ड नं १५ अवस्थित लक्षुमनवा टोलमा सिमेन्टको ब्लक निर्माण गर्ने क्रममा सिमेन्ट पकाउँदा व्यापक प्रदुषण भई रहेको स्थानीयले जनाएका छन । सिमेन्ट पकाउँदा त्यसबाट निस्कने धुवाँले मानव जीवनमा प्रतिकूल असर पर्ने भएकोले यस्ता निर्माण कार्यहरु मानव बस्ती भन्दा पर गर्नु पर्ने व्यवस्था भए पनि स्थानिय प्रशासनको मिलोमतोमा नै कालिका कन्ट्रक्सनले प्रदुषण फैलाई रहेको आरोप समेत स्थानीयले लगाएका छन ।

गुठी संस्थाको जग्गा लिजमा लिएर निर्माण सामग्री निर्माण गर्दै आएको कारण फैलिने गरेको हानिकारक धुँवाबाट लक्षुमनव, पिपरा, नेवतन र बहुअरीका समग्र जनतालाई प्रत्यक्ष प्रतिकूल असर पर्दै आएकोले कालिका कन्ट्रक्सनबाट रेखदेखका जिम्मा लिएका पिपरा निवासी महिपाल पटेलसंग स्थानियहरुले पटक पटक गुनासो गरे पनि सुनवाई नभएकाे बताएका छन् ।

कन्ट्रक्सनले ब्लक निर्माणका लागि संचित गरेको बालुवा, गिटी र मिस्क गिटी मापदण्ड विपरित अनियन्त्रित तरिकाले च्याङ लगाई राखेको हुनाले फोहर लाग्नुको साथै मानविय क्षती हुन सक्ने सम्भावित खतरा बढेको देखिन्छ ।

यस अघि पनि कालिका कन्ट्रक्सनको लापरवाही र मापदण्ड विपरित हाेम पाइप च्याङ लगाएको कारण अनाहकमा एक बालकले ज्यान गुमाएको र कति बालक अपाङ्ग भएको घटना वीरगन्ज बासीको आँखाले झल्झली सम्झी रहे पनि स्थानिय प्रशासन उक्त कन्ट्रक्सन प्रति उद्दार देखिएकोले विभिन्न प्रश्नहरु उब्जाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...