Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

एनएमसीलाई कारवाही र नारायणीकाे डायलिसिस सेवा सुचारु गर्न माग

spot_img
spot_img

वीरगंज । डायलिसिस बिरामीका अभिभावकहरुले नेशनल मेडिकल कलेजलाई कारवाही र नारायणी अस्पताकाे डायलिसिस सेवा सुचारु गर्न माग गरेका छन् । उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै यस्ताे माग गरेका हुन् ।

उनीहरुले बुझाएकाे ज्ञापन पत्रमा वीरगंजस्थित नारायणी अस्पतालमा डायलिसिस सेवा बन्द गरी नेशनल मेडिकल कलेजमा व्यवस्था गरिएको एक महिनाको अवधिमा ७ जनाको मृत्यु भएको उल्लेख गरिएकाे छ ।

यस अघि पनि कालिका टाईम्सले नारायणी अस्पतालकाे डायलिसिस सेवा बन्द गरी नेशनल मेडिकल कलेज व्यवस्था भएकाे एक महिनाकाे अवधिमा ७ जनाकाे मृत्यु भएकाे समाचार प्रकाशन गरेकाे थियाे ।

पर्साको भौराटार निवासी २५ बर्षिय कृष्णा ठाकुर, अमवा निवासी ६० बर्षिय नन्दलाल महतो, वीरगंज लक्षुमणवा निवासी ६० बर्षिय नागेन्द्र झा, मुर्ली निवासी ४५ बर्षिय नासृन बानु, सर्लाही निवासी ३५ बर्षिय अजय कार्की, गौर निवासी ५० बर्षिय तल्बुन नेसा र २४ बर्षिय रंजित मण्डलको मृत्यु भएको हाे ।

ज्ञापन पत्रमा मार्फत संघ सरकारले नारायणी अस्पताललाई कोभिड अस्पताल बनाए पछि अस्पताले बैशाख २ गते देखी आकास्मिक सहित डायलिसिस सेवा बन्द गरेको थियो । नारायणी अस्पतालमा सेवा लिइरहेका सेवाग्राहीहरुले वीरगंज स्थित नेशनल मेडिकल कलेजमा गई सेवा लिन अस्पतालले नै सार्वजनिक सुचना मार्फत आग्रह गरेको थियाे ।

त्यस पछि बैशाख ३ गते देखि नारायणीको ४० जना डायलिसिस सेवाग्राहीहरु नेशनल मेडिकल कलेजमा गएर डायलिसिस सेवा लिदै आएका थियौ तर नेशनल मेडिकल कलेजमा डायलिसिस सेवा लिदै गरेका ४० जना मध्ये एक महिनाको अवधिमा ७ जनाको मृत्यु भएको डायलिसिस बिरामीका अभिभावकहरुले वताएका छन् ।

नारायणीमा एउटा डायलाइजरबाट २ पटक हुदै आएको डायलिसिस नेशनल मेडिकल कलेजले १० पटक भन्दा बढी सम्म गर्दै आएको छ । यसका साथै डायलासिस मेसिन फास्ट चलाएर सेवाग्राहिको डायलिसिस गर्नु र डायलिसिस लापरवाही पूर्वक गर्नुले ७ जनाको मृत्यु भएको डायलिसिस बिरामीका अभिभावकहरुकाे भनाई छ ।

नेशनल मेडिकल कलेजले डायलिसिसको लागि सांझ ५ बजे बोलाएर राती ८ बजे देखी ११ बजे पछि मात्र डायलिसिस गरेर दु:ख दिने गरेकाे र कोरोना भाइरसको महामारीको बेला लकडाउनमा समेत रातीको समय सेवा लिन सास्ती भोग्नु परेको गुनासाे समेत गरेका छन् ।

यस विषयमा अस्पताल प्रशासनसंग बारम्बार गुनासो गर्दा समेत केही सुधार नभएकाेले आवश्यक छानवीन गरि दोषिलाई कारवाहि गर्न माग गरेका छन् ।

यसका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ३० गते नै नारायणी अस्पतालकाे आइशाेलेसन खाली भएपश्चात बन्द रहेकाे सम्पर्ण सेवा सुचारु गर्न निर्देशन समेत दिइसकेकाेले डायलसिस सेवा सुचारु गरी परेकाे असुविधालाई तुरुन्त समाधान गर्न माग गरिएकाे छ ।

डायलिसिस बिरामीका अभिभावक शंकर महताे काेइरी, अमाेद प्रसाद गुप्ता, महमद आलम मियाँ, सिकिन्दर मियाँ, मुनेखा खातुन, गुडु गुप्ता, महेश बि, बिरामी माेहन ठाकुर लगायतकाले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रशासकिय अधिकृत विनय श्रीवास्तव मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएकाे ज्ञापन पत्र नारायणी अस्पताल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत बाेदार्थ गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...