Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जिराभवानीकाे पकडी टाेलका ३५ अति विपन्न परिवारले पाए राहत

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिक वडा नम्बर १ पकड़ि टोलामा आज राहत वितरण गरिएकाे छ । पकडी टाेलका ३५ सकुमबासी, बिपन्न गरीब मुसहर(माँझी) घर परिवार तथा धांगड़ (उराँव) परिवारलाई राहत वितरण गरिएकाे भाेर संस्थाका संस्थापक अध्यक्ष राज कुमारले वताए ।

राहतमा चामल २० किलाे, दाल २ कलाे, खाने तेल एक लिटर, हरियो तरकारी ५ किलाे, स्वाबीन एक किलाे, आलु २ किलाे, प्याज २ किलाे, नुन एक किलाे र साबुन २ पिस वितरण गरिएकाे अध्यक्ष राजकुमारले जानकारी दिए ।

भोर संस्थाको आर्थिक सहयोग र सामाजिक अभियन्ता थारूको संयोजनमा स्थानीय युवाहरु रामशरण खवास, अजगैबीनाथ ग़ौरो, तथा प्रभु चौधरीको सहयोगमा राहत बितरण गरिएको हाे ।

राहत वितरणकाे क्रममा बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनकाे आज ६३ औं दिन सम्म पनि तीन तहका सरकार मध्ये कुनै पनीं सरकारको ध्यान नगएकाे पिडितहरुले गुनासाे समेत गरेकाे वताइएकाे छ ।

उक्त गाऊँपालिकको वार्ड नम्बर १ को चमरी टोल, बेलटारी तथा वार्ड नं ५ को हरैया, सखुवनीय र शंकर सरैयाको विपन्न बर्ग हरुलाई अझसम्म पनीं राहत नपाएकाे गुनासाे समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...