31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भिस्वामा राेकिएका २९ जनालाई जगरनाथपुर गापाले क्वारेन्टाइनमा राख्याे

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वास्थित राेकिएकाहरु आ आफ्नाे पालिका तर्फ लागेका छन् ।

भारतकाे हरियाणाबाट आएका ३८ जना कामदारहरु आज विहान भिस्वास्थित सिमानाकामा राेकिएका थिए ।

जसमध्येका जगरनाथपुर गाउँपालिकाका २९ जनालाई गाउँपालिकाले आफ्नाे जिम्मामा लिएर क्वारेन्टाइनमा राखेकाे छ । वडा नं. ६ मा घर भएका सबै जनालाई भिस्वाबाट ल्याई सन्ठी स्थित विद्यालयकाे क्वारेन्टाइनमा राखिएकाे गाउँपालिका अध्यक्ष जालिम मियाँले वताए ।

जगरनाथपुर गाउँपालिकाले तिनिहरुलाई लिन पठाएकाे टेक्टरमा सखुवा प्रसाैनी गाउँपालिकाकाे पनि एक जना आफ्नाे घर गएकाे हाम्रा सम्वाददाताले वताएका छन् ।

यस्तै वीरगंज महानगरपालिकाकाे ४ जना र बहुदरमाई नगरपालिकाका ४ जनालाई सांझ सम्म लिन काेइ नगए पछि आफै टेम्पाे रिजर्फ गरी आ आफ्नाे घर तर्फ लागेकाे हाम्रा सम्वाददाता आलाेक कुशवाहाले वताए ।

सबैजनालाई भिस्वा प्रहरी चाैकीले राेकेर आफ्नाे नियन्त्रणमा राखेकाे थियाे । भारतबाट आएकाहरुकाे सम्बन्धित स्थानिय तहका जनप्रतिनिधिहरुलाई प्रहरी चाैकी भिस्वाका सई प्रेम खत्रीले फाेनमा सम्पर्क गरी आएर आफ्नाे जिम्मा लग्न जानकारी गराएका थिए ।

४ दिन पहला ट्रकले हरियाणाबाट हिंडेका उनीहरु साेमबार विहान भिस्वास्थित आएर पुगेका थिए ।

भिस्वामा राेकिएकाहरु २ दिन देखी भाेकै रहेकाले कालिका टाईम्मसले बिस्कुट, चाउचाउ र पानी वितरण गरेकाे थियाे।

पछि छिपहरमाई गाउँपालिकाले पनि उनीहरुलाई पुरी र सेवई खुवाएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.678 sec. Memory consumption:81.5 mb