Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कालिकामाईकाे क्वारेन्टाइमा रहेका जिराभवानीका युवकमा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका थप एक जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । पर्साकाे जिराभवानी गाउँपालिकाकाे वडा नं. ४ का १८ बर्षिय पुरुषमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसंगै पर्सामा संक्रमितकाे संख्या ९५ पुगेकाे छ ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा पिसिआर बिधिबाट गरिएकाे परिक्षणमा २ जनामा काेराेना संक्रमण देखिएकाे वताउदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जस मध्ये एक जना कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका जिराभवानी ४ का १८ बर्षिय पुरुष र अक्राे काठमाण्डाै महानगरपालिकाकाे वडा नं. १५ घर भएका बारामा कार्यरत २८ बर्षिय पुरुष रहेकाे वताए ।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले ६ जना नयाँ संक्रमित थपिएकाे वताए । याेसंगै नेपालमा संक्रमितकाे संख्या ६ सय ८२ पुगेकाे छ ।

यसरी नै नयाँ संक्रमितहरुमध्ये सेती अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षमा अछामका ३२ बर्षिय पुरुष, भेरी अस्पतालकाे प्रयाेगशाला गरिएकाे परिक्षणमा बर्दियाका गुलरिया १० का २२ र २४ बर्षिय पुरुष र गुलरिया २ का २८ बर्षिय पुरुषमा काेराेना संक्रमण देखिएकाे प्रवक्ता डा. देवकाेटाले वताए ।

सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...