Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

कालिकामाईकाे क्वारेन्टाइमा रहेका जिराभवानीका युवकमा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका थप एक जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । पर्साकाे जिराभवानी गाउँपालिकाकाे वडा नं. ४ का १८ बर्षिय पुरुषमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसंगै पर्सामा संक्रमितकाे संख्या ९५ पुगेकाे छ ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा पिसिआर बिधिबाट गरिएकाे परिक्षणमा २ जनामा काेराेना संक्रमण देखिएकाे वताउदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जस मध्ये एक जना कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका जिराभवानी ४ का १८ बर्षिय पुरुष र अक्राे काठमाण्डाै महानगरपालिकाकाे वडा नं. १५ घर भएका बारामा कार्यरत २८ बर्षिय पुरुष रहेकाे वताए ।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले ६ जना नयाँ संक्रमित थपिएकाे वताए । याेसंगै नेपालमा संक्रमितकाे संख्या ६ सय ८२ पुगेकाे छ ।

यसरी नै नयाँ संक्रमितहरुमध्ये सेती अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षमा अछामका ३२ बर्षिय पुरुष, भेरी अस्पतालकाे प्रयाेगशाला गरिएकाे परिक्षणमा बर्दियाका गुलरिया १० का २२ र २४ बर्षिय पुरुष र गुलरिया २ का २८ बर्षिय पुरुषमा काेराेना संक्रमण देखिएकाे प्रवक्ता डा. देवकाेटाले वताए ।

सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...