वीरगंज । नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कलैया ७ बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।
वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको ८ दिनअघि अर्थात् जेठ ४ गते मृत्यु भएको थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका समस्या भएर जेठ २ गते अस्पताल भर्ना भएका उनकाे जेठ ३ गते नै काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे थियाे ।
तर मृत्यु भएको ८ दिनपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कारसमेत गरिसकिएको छ ।
यसअघि सिन्धुपाल्चोकमा १, बाँकेमा १ र गुल्मीमा १ जना मृतकमा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस