Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

संक्रमितकाे इम्यूनिटी पावर बढाउन महानगरले दियो औषधीजन्य समाग्री

spot_img
spot_img

वीरगंज । कोरोना भाइरसबाट संक्रमीत भई बीरगंजका बिभिन्न आइसोलेशन वार्डमा उपचारकालागि भर्ना भएकाहरुलाई बीरगंज महानगरपालिकाले रोग प्रतिरोधी क्षमता बढाउने च्वानप्राश सहितकाे आर्युवेदको औषधीजन्य सामाग्री उपलब्ध गराएको छ  ।

महानगरका मेयर विजय कुमार सरावगीले बीरगंजको नारायणी अस्पताल, कोभिड बिशेष अस्पताल गण्डकको आइसोलेशन वार्डमा भर्ना भएकाहरुलाई च्वानप्रास र इम्युनाे केयर उपलब्ध गराएका हुन् ।

आइसोलेशनमा भर्ना भएका ९० जनालाई  च्वानप्राश र इम्युनो केयर ६० उपलब्ध गराइएको मेयर सरावगीका राजनितिका सल्लाहकार मुकेश द्विवेदीले वताउनुभयाे ।

दश दिन सम्म पुग्ने गरि इम्युनिटी पॉवर बढ़ाउन औषधीजन्य  सामाग्री ब्यवस्था गरिएको महानगर द्विवेदीले जानकारी गराउनुभयाे ।

शरीरमा प्रतिरोधात्मक क्षमता धेरै भएमा काेराेना संक्रमण सजिलै शरीरमा प्रवेश गर्न पाउदैन भन्ने बिज्ञहरुको मत रहेको छ ।

प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, दिर्घ रोगी र वृद्ध व्यक्तिमा छिट्टो संक्रमण हुनेबारे पनि धेरै चर्चा भएको छ । त्यसैले अहिलेको बेलामा इम्यूनिटी पावर बढाउन पनि खानपानमा ध्यान दिन जरुरी रहेकाेले आर्युवेदको औषधीजन्य सामाग्री उपलब्ध गराइएकाे मेयर सरावगीले वताउनुभयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...