Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पकहा मैनपुर गापाकाे वडा नं. २ मा प्रदेश सरकारकाे राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ०२ मा प्रदेश सरकारकाे सहयोगमा आज राहत वितरण गरिएको छ । प्रदेश २ सरकारबाट प्राप्त राहत वडा नं. ०२ को कार्यालयले लकडाउनमा प्रभावित ९३ परिवारलाई वितरण गरेकाे हाे ।

राहतमा चामल २५ किलाे, मसुरीको दाल २ किलाे, साेयाबिन ५०० ग्राम, ताेरीकाे तेल एक किलाे, नमक १ किलाे र नुहाउने साबुन एक पिस वितरण गरिएको वडाध्यक्ष बृजमाेहन पाण्डेले वताए ।

वडाध्यक्ष पाण्डे, वडा सदस्य गोपाल बैठा, जगदिश दास, सोना देवी, सिला देवी, वडा सचिव हरिन्द्र चौरसिया, प्रहरी बेश क्याम्प सुर्जहा कट्टीका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर श्रेष्ठ, सीमा सुरक्षा बल पाकाहा मैनपुरका प्रहरी सहायक निरिक्षक विशाल मगर, स्थानिय अगुवा दीनानाथ साह, विकास पाण्डे र राकेश कुशवाहाको वितरण गरिएकाे हाे ।

वडा अन्तर्गतका सुर्जाहा, मधुबनी, मानिपुर, कट्टी, पकहा टाेलका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ । उक्त गाउँ र टाेलहरुमा वडा अध्यक्ष पाण्डे र वडा सदस्यहरु आफै गई अनुगमन गरी अति गरीब परिवारकाे नाम संकलन गरे अनुसार राहत वितरण गरिएकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...