Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पकहा मैनपुर गापाकाे वडा नं. २ मा प्रदेश सरकारकाे राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ०२ मा प्रदेश सरकारकाे सहयोगमा आज राहत वितरण गरिएको छ । प्रदेश २ सरकारबाट प्राप्त राहत वडा नं. ०२ को कार्यालयले लकडाउनमा प्रभावित ९३ परिवारलाई वितरण गरेकाे हाे ।

राहतमा चामल २५ किलाे, मसुरीको दाल २ किलाे, साेयाबिन ५०० ग्राम, ताेरीकाे तेल एक किलाे, नमक १ किलाे र नुहाउने साबुन एक पिस वितरण गरिएको वडाध्यक्ष बृजमाेहन पाण्डेले वताए ।

वडाध्यक्ष पाण्डे, वडा सदस्य गोपाल बैठा, जगदिश दास, सोना देवी, सिला देवी, वडा सचिव हरिन्द्र चौरसिया, प्रहरी बेश क्याम्प सुर्जहा कट्टीका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर श्रेष्ठ, सीमा सुरक्षा बल पाकाहा मैनपुरका प्रहरी सहायक निरिक्षक विशाल मगर, स्थानिय अगुवा दीनानाथ साह, विकास पाण्डे र राकेश कुशवाहाको वितरण गरिएकाे हाे ।

वडा अन्तर्गतका सुर्जाहा, मधुबनी, मानिपुर, कट्टी, पकहा टाेलका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ । उक्त गाउँ र टाेलहरुमा वडा अध्यक्ष पाण्डे र वडा सदस्यहरु आफै गई अनुगमन गरी अति गरीब परिवारकाे नाम संकलन गरे अनुसार राहत वितरण गरिएकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...