Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

जयसवालकाे लगानीमा सखुवा प्रसाैनी र भिखमपुरमा तरकारीकाे बीउ वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. २ भिखमपुरमा आज नि:शुल्क तरकारीकाे बीउ वितरण गरिएकाे छ ।

साहस साना किशान कृषी सहकारी संस्था लि. महुवनका अध्यक्ष नरेश जयसवालकाे आर्थिक सहयोगमा धोबिनी गाउँपालिका वडा न २ का युवा नेता संतोष पटेलले तरकारिको बीउ वितरण गरेका हुन् । खिरा, घिरउला, भिन्डि, बोडि, लउका, करैला, गेनरि र पलाकिकाे साग गरि ८ किसिमको वडा अन्तर्गतका १०० जना किसानलाई बीउ वितरण गरेकाे पटेलले वताए ।

भिखमपुर जनसमुदायिक केन्द्रका अध्यक्ष समेत रहेका पटेलले कृषकहरुलाई तरकारी खेतीमा आत्मनिर्भर हुन आग्रह गरे ।

यस्तै कृषी सहकारी संस्थाका अध्यक्ष जयसवाले परिवारिक खेतीकाे लागि सखुवा प्रसाैनी गाउँपालिकामा समेत तरकारीकाे बीउ वितरण गरेका छन् ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवन, बलुवा, साेलखपुर, वडा नं. ६ लखनपुर र एकडर्वामा आफुले तरकारीकाे बीउ वितरण गरेकाे अध्यक्ष जयसवाले वताए । भिन्डी, बाेडी, गांजारा, मूला, चेनसुर र पलाकीकाे सागकाे बीउ वितरण गरेकाे जयसवालले जानकारी गराए ।

काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लामाे लकडाउनमा प्रभावित कृषककाे राहत स्वरुप आफुले आफ्नाे व्यक्तिगत लगानीमा ४ सय २५ कृषकलाई बीउ वितरण गरेकाे अध्यक्ष जयसवाले जानकारी दिए ।

उनले सहकारी संस्थाका ९ जना सदस्य मार्फत सखुवा प्रसाैनी गाउँपालिकाकाे विभिन्न वडामा बीउ वितरण गरेकाे वताए ।

यसका साथै सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती चाैधरी, वडा नं. ५ का वडाध्यक्ष रुपलाल यादव र वडा नं. ३ प्रसाैनीका स्थानिय प्रमाेद यादवलाई समेत आफ्नाे टाेल र गाउँका कृषकलाई बीउ वितरण गर्न बीउ उपलब्ध गराएकाे अध्यक्ष जयसवाले वताए ।

काेराेनाकाे महामारीमा समस्यामा परेका कृषककाे राहत स्वरुप आफुले रु ४५ हजार बराबरकाे बीउ खरिद गरी वितरण गरकाे जयसवालले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...