Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पटेर्वा सुगौली गाउँपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा रहेको ४ वटा स्वास्थ्य संस्थाहरुको लागि पिपिई सहितकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । एक्सनएड नेपालको आर्थिक सहयोग, दिब्य युवा क्लब पर्साको सहकार्य तथा पटेर्वा सुगौली गाउँपालिकासंगको समन्वयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे हाे ।

पिपिई २० थान, थर्मोगन ४ थान, सर्जिकल माक्स १०० थान, एन ९५ माक्स २० थान, हेण्ड सेनिटाइजर ५०० ग्रामको १६ थान लगायत अन्य कोभिड १९ को प्रतिकार्यको लागि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको दिव्य युवा क्लबकी काेपिला चाैलागाईले जानकारी दिनुभयाे । कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका लागि सहयोग गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको चाैलागाइले वताउनुभयाे ।

सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद चौधरीले पालीकामा कोरोनाको माहामामरीको समयमा आफ्नो ज्यानको बाजी लगाएर सेवा प्रदान गरिरहेका स्वास्थ्य कर्मीहरुलाई प्राप्त सामाग्रीहरुले निकै सहयोग पुग्ने बताउनुभयो ।

अहिलेको परिस्थितिमा व्यक्तिगत सुरक्षा सामाग्रीहरुको अभावमा स्थानीय स्वास्थ्य कर्मीहरुलाई सेवा प्रदानमा कठीनाई आईरहेको अवस्थामा सामाग्रीले स्थानीय समुुदायका सेवा लिने वर्गहरुको लागि निकै सुविधा हुने गाउँपालीकाका उप प्रमुख ममता महतोले बताउनुभयो ।

साे अवसरमा गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, वडा न. १ का वडाध्यक्ष फारमान मियाँ, वडा न. २ का वडाध्यक्ष विजय गैरे, स्वास्थ्य शाखा प्रमुख जगरनाथ साह, दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, स्पौंसर संयोजक सुनिल कुमार भारती तथा स्थानीय अधिकार कार्यक्रमको सामाजिक परिचालकहरुको समेत उपस्थिति रहेका थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...