काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
रुपन्देहीमा १ र झापामा ८ जना गरी बिहीबार थप ९ जनामा संक्रमण देखिएको उनले बताए। यो सहित नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
डा देवकोटाका अनुसार आज ४ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनीहरु चारै जना काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थिए। नेपालमा संक्रमण पुष्टि भएकामध्ये ४९ जना अहिले संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया लेख्नुहोस