Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

मेडिकल कलेजकाे डायलिसिसमा लापरवाही, एक महिनामा ७ जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा डायलिसिस सेवा बन्द गरी नेशनल मेडिकल कलेजमा व्यवस्था गरिएकाे एक महिनाकाे अवधिमा ७ जनाकाे मृत्यु भएकाे छ ।

पर्साकाे भाैराटार निवासी २५ बर्षिय कृष्णा ठाकुर, अमवा निवासी ६० बर्षिय नन्दलाल महताे, वीरगंज लक्षुमणवा निवासी ६० बर्षिय नागेन्द्र झा, मुर्ली निवासी ४५ बर्षिय नासृन बानु, सर्लाही निवासी ३५ बर्षिय अजय कार्की, गाैर निवासी ५० बर्षिय तल्बुन नेसा र २४ बर्षिय रंजित मण्डलकाे मृत्यु भएकाे हाे ।

संघ सरकारले नारायणी अस्पताललाई काेभिड अस्पताल बनाए पछि अस्पताले बैशाख २ गते देखी आकास्मिक सहित डायलिसिस सेवा बन्द गरेकाे थियाे । नारायणी अस्पतालमा सेवा लिइरहेका सेवाग्राहीहरुले वीरगंज स्थित नेशनल मेडिकल कलेजमा गई सेवा लिन अस्पतालले नै सार्वजनि सुचना मार्फत आग्रह गरेकाे थियाे ।

त्यस पछि बैशाख ३ गते देखि नारायणीकाे ४० जना डायलिसिस सेवाग्राहीहरु नेशनल मेडिकल कलेजमा गएर डायलिसिस सेवा लिदै आएका छन् । त्यस पछि मेडिकल कलेजमा डायलिसिस लेवा लिदै गरेका ३२ दिनकाे अवधिमा ४० जना मध्ये ७ जनाकाे मृत्यु भएकाे हाे ।

समाचार स्राेतका अनुसार नारायणीमा एउटा डायलाइजरबाट २ पटक हुदै आएकाे डायलिसिस नेशनल मेडिकल कलेजले १० पटक सम्म गर्दै आएकाे छ । यसका साथै डायलासिस मेसिन फास्ट चलाएर सेवाग्राहिकाे डायलिसिस गर्नु र डायलिसिस लापरवाही पूर्वक गर्नुले ७ जनाकाे मृत्यु भएकाे हाे ।

नेशनल मेडिकल कलेजले डायलिसिस सेवाग्राहिलाई सांझ ५ बजे बाेलाएर राती ८ बजे देखी ११ बजे पछि मात्र डायलिसिस गरेर दु:ख दिने गरेकाे सेवाग्राहीका आफन्तहरुले गुनासाे गरेका छन् । काेराेना भाइरसकाे महामारीकाे बेला लकडाउनमा समेत रातीकाे समय सेवा लिन सास्ती भाेग्नु परेकाे एक सेवाग्राहीका आफन्तले गुनासाे गरे ।

यस विषयमा अस्पताल प्रशासनसंग बारम्बार गुनासाे गर्दा केही सुधार नभएकाे ति सेवाग्राहीले कालिका टाइम्ससंग दु:खेसाे समेत पाेखे ।

यस बिषयमा मेडिकल कलेजका मेडिकल निर्देशक डा. प्रमाेद सरार्फसंग फाेनमा सम्पर्क गर्दा धम्कीपूर्ण भाषामा प्रतिक्रिया दिएका छन् । डायलिसिस सेवामा लापरवाही भएकाे गुनासाे आइरहेकाे भने बारे साेध्दा उनले गुनासाे भए सिधै अस्पतालमा आएर फेस टु फेस कुरा गर्न भन्दै राख्नुस फाेन, राख्नुस फाेन भनेर ३ पटक धम्की पूर्ण कुरा गर्दै फाेन काटिदिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...