Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

मेडिकल कलेजकाे डायलिसिसमा लापरवाही, एक महिनामा ७ जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा डायलिसिस सेवा बन्द गरी नेशनल मेडिकल कलेजमा व्यवस्था गरिएकाे एक महिनाकाे अवधिमा ७ जनाकाे मृत्यु भएकाे छ ।

पर्साकाे भाैराटार निवासी २५ बर्षिय कृष्णा ठाकुर, अमवा निवासी ६० बर्षिय नन्दलाल महताे, वीरगंज लक्षुमणवा निवासी ६० बर्षिय नागेन्द्र झा, मुर्ली निवासी ४५ बर्षिय नासृन बानु, सर्लाही निवासी ३५ बर्षिय अजय कार्की, गाैर निवासी ५० बर्षिय तल्बुन नेसा र २४ बर्षिय रंजित मण्डलकाे मृत्यु भएकाे हाे ।

संघ सरकारले नारायणी अस्पताललाई काेभिड अस्पताल बनाए पछि अस्पताले बैशाख २ गते देखी आकास्मिक सहित डायलिसिस सेवा बन्द गरेकाे थियाे । नारायणी अस्पतालमा सेवा लिइरहेका सेवाग्राहीहरुले वीरगंज स्थित नेशनल मेडिकल कलेजमा गई सेवा लिन अस्पतालले नै सार्वजनि सुचना मार्फत आग्रह गरेकाे थियाे ।

त्यस पछि बैशाख ३ गते देखि नारायणीकाे ४० जना डायलिसिस सेवाग्राहीहरु नेशनल मेडिकल कलेजमा गएर डायलिसिस सेवा लिदै आएका छन् । त्यस पछि मेडिकल कलेजमा डायलिसिस लेवा लिदै गरेका ३२ दिनकाे अवधिमा ४० जना मध्ये ७ जनाकाे मृत्यु भएकाे हाे ।

समाचार स्राेतका अनुसार नारायणीमा एउटा डायलाइजरबाट २ पटक हुदै आएकाे डायलिसिस नेशनल मेडिकल कलेजले १० पटक सम्म गर्दै आएकाे छ । यसका साथै डायलासिस मेसिन फास्ट चलाएर सेवाग्राहिकाे डायलिसिस गर्नु र डायलिसिस लापरवाही पूर्वक गर्नुले ७ जनाकाे मृत्यु भएकाे हाे ।

नेशनल मेडिकल कलेजले डायलिसिस सेवाग्राहिलाई सांझ ५ बजे बाेलाएर राती ८ बजे देखी ११ बजे पछि मात्र डायलिसिस गरेर दु:ख दिने गरेकाे सेवाग्राहीका आफन्तहरुले गुनासाे गरेका छन् । काेराेना भाइरसकाे महामारीकाे बेला लकडाउनमा समेत रातीकाे समय सेवा लिन सास्ती भाेग्नु परेकाे एक सेवाग्राहीका आफन्तले गुनासाे गरे ।

यस विषयमा अस्पताल प्रशासनसंग बारम्बार गुनासाे गर्दा केही सुधार नभएकाे ति सेवाग्राहीले कालिका टाइम्ससंग दु:खेसाे समेत पाेखे ।

यस बिषयमा मेडिकल कलेजका मेडिकल निर्देशक डा. प्रमाेद सरार्फसंग फाेनमा सम्पर्क गर्दा धम्कीपूर्ण भाषामा प्रतिक्रिया दिएका छन् । डायलिसिस सेवामा लापरवाही भएकाे गुनासाे आइरहेकाे भने बारे साेध्दा उनले गुनासाे भए सिधै अस्पतालमा आएर फेस टु फेस कुरा गर्न भन्दै राख्नुस फाेन, राख्नुस फाेन भनेर ३ पटक धम्की पूर्ण कुरा गर्दै फाेन काटिदिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...