Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

कालिकामाईमा प्रदेश सरकारबाट प्राप्त राहत वितरण

spot_img
spot_img

पाेखरिया । पर्साकाे कालिकामाई गाउँपालिकाले प्रदेश २ सरकारबाट प्राप्त राहत वितरण गरेकाे छ । गाउँपालिकाकाे ५ वटै वडामा ५ सय १६ घरदुरीमा प्रदेश सरकारकाे राहत वितरण साैहार्दपूर्ण वातावरणमा सम्पन्न भएकाे गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

गाउँ कार्यपालिका कार्यालयका अनुसार क्रमश वार्ड नं. १ मा १००, २ मा ९३, वार्ड नं. मा ११०, वार्ड नं. ४ मा ९१ र वार्ड नं. ५ मा ११६ घरधुरीलाई राहत वितरण गरिएकाे छ ।

राहतमा चामल २५ किलाे चामल, दाल एक किलाे, नुन एक किलाे, तेल किलाे, स्वाबिन ५०० ग्राम र साबुन एक पिस वितरण भएकाे वडा नं. ४ का वडाध्यक्ष हरिओम साह कलवारले वताउनुभयाेे ।

प्रदेश सरकारबाट प्राप्त राहत बैशाख ३० गते नै वडा नं.३, ४ र ५ वितरण भएकाे र वाकी रहेकाे वडा नं. १ र २ मा गाउँ कार्यपालिका कार्यालयबाट आज राहत वितरण गरिएकाे वडाध्यक्ष कलवारले जानकारी गराउनुभयाे ।

यस अघि पनि प्रदेश सरकारले लकडाउनमा प्रभावितलाई राहत वितरण गर्न गाउँपालिकालाई रु १० लाख अनुदान दिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...