Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कालिकामाईमा प्रदेश सरकारबाट प्राप्त राहत वितरण

spot_img
spot_img

पाेखरिया । पर्साकाे कालिकामाई गाउँपालिकाले प्रदेश २ सरकारबाट प्राप्त राहत वितरण गरेकाे छ । गाउँपालिकाकाे ५ वटै वडामा ५ सय १६ घरदुरीमा प्रदेश सरकारकाे राहत वितरण साैहार्दपूर्ण वातावरणमा सम्पन्न भएकाे गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

गाउँ कार्यपालिका कार्यालयका अनुसार क्रमश वार्ड नं. १ मा १००, २ मा ९३, वार्ड नं. मा ११०, वार्ड नं. ४ मा ९१ र वार्ड नं. ५ मा ११६ घरधुरीलाई राहत वितरण गरिएकाे छ ।

राहतमा चामल २५ किलाे चामल, दाल एक किलाे, नुन एक किलाे, तेल किलाे, स्वाबिन ५०० ग्राम र साबुन एक पिस वितरण भएकाे वडा नं. ४ का वडाध्यक्ष हरिओम साह कलवारले वताउनुभयाेे ।

प्रदेश सरकारबाट प्राप्त राहत बैशाख ३० गते नै वडा नं.३, ४ र ५ वितरण भएकाे र वाकी रहेकाे वडा नं. १ र २ मा गाउँ कार्यपालिका कार्यालयबाट आज राहत वितरण गरिएकाे वडाध्यक्ष कलवारले जानकारी गराउनुभयाे ।

यस अघि पनि प्रदेश सरकारले लकडाउनमा प्रभावितलाई राहत वितरण गर्न गाउँपालिकालाई रु १० लाख अनुदान दिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...