Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

छिपहरमाई र सखुवा प्रसाैनीमा १४८ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका र सखुवा प्रसाैनीमा आज पिसिआर परिक्षणकाे लागि एक सय ४८ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

छिपरहमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा रहेका ५७ जना र अन्य ३८ जना गरी ९५ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए ।

उनका अनुसार इलका प्रहरी कार्यालय पाेखरियाका  ४ जना थुनुवा सहित स्वास्थ्यकर्मी र संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरुकाे समेत स्वाब संकलन गरिएकाे छ ।

इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह आफै भिस्वा स्थित श्री मंगल माविकाे स्वाब संकलन केन्द्रमा पुगी थुनुवाहरुकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गराएका थिए ।

छिपहरमाईमा स्वाब संकलनकाे लागि नारायणी अस्पताल वीरगंजबाट स्वास्थ्यकर्मीकाे टाेली पुगेकाे थियाे ।

बैशाख ३० गते छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका एक भारतिय सहित १४ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । साेही क्वारेन्टाइनमा रहेकाहरुकाे अन्य व्यक्तिकाे र संक्रमितहरुकाे नजिक आएकाहरुकाे आज ८ दिन पछि मात्र स्वाब संकलन गरिएकाे हाे ।

यस्तै आजै सखुवा प्रसाैनी गाउँपालिकामा ५३ जनाकाे स्वाब संकलन गरिएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल सहित ५३ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी गराए ।

उनका अनुसार वडा नं. ३ काे श्रीपुर स्थित श्री दिपनारायण मावि औंराहा पांचगावामा १० जना र संक्रमित क्षेत्र वडा नं. १ काे सिद्धपुरमा ४३ जना गरी ५३ जनाकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे छ । श्रीपुरकाे क्वारेन्टाइनमा रहेका एक जना, ९ जना गाउँपालिकाकाे कर्मचारीहरु, जनप्रतिनिधि र सिद्धपुरमा काेराेना संक्रमितका घरपरिवार सहित नजिकमा आएका ४३ जनाकाे स्वाब संकलन गरिएकाे हाे ।

गाउँपालिका अध्यक्ष जयसवाल समेत संक्रमित क्षेत्रमा गएकाे र गाउँपालिका मै संक्रमण सुरु भए देखी नै रहेकाले उंहाले पनि आफ्नाे इच्छा अनुसार पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गराएकाे राैनियारले वताए ।

सखुवा प्रसाैनीमा पाेखरिया अस्पतालबाट लैब टेक्नीशियन शुसिल चाैरसिया नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेली स्वाब संकलन गरेकाे हाे ।

सखुवा प्रसाैनीकाे सिद्धपुरमा समेत एक जनामा संक्रमण फेला परेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...