Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाई र सखुवा प्रसाैनीमा १४८ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका र सखुवा प्रसाैनीमा आज पिसिआर परिक्षणकाे लागि एक सय ४८ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

छिपरहमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा रहेका ५७ जना र अन्य ३८ जना गरी ९५ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए ।

उनका अनुसार इलका प्रहरी कार्यालय पाेखरियाका  ४ जना थुनुवा सहित स्वास्थ्यकर्मी र संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरुकाे समेत स्वाब संकलन गरिएकाे छ ।

इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह आफै भिस्वा स्थित श्री मंगल माविकाे स्वाब संकलन केन्द्रमा पुगी थुनुवाहरुकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गराएका थिए ।

छिपहरमाईमा स्वाब संकलनकाे लागि नारायणी अस्पताल वीरगंजबाट स्वास्थ्यकर्मीकाे टाेली पुगेकाे थियाे ।

बैशाख ३० गते छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका एक भारतिय सहित १४ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । साेही क्वारेन्टाइनमा रहेकाहरुकाे अन्य व्यक्तिकाे र संक्रमितहरुकाे नजिक आएकाहरुकाे आज ८ दिन पछि मात्र स्वाब संकलन गरिएकाे हाे ।

यस्तै आजै सखुवा प्रसाैनी गाउँपालिकामा ५३ जनाकाे स्वाब संकलन गरिएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल सहित ५३ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी गराए ।

उनका अनुसार वडा नं. ३ काे श्रीपुर स्थित श्री दिपनारायण मावि औंराहा पांचगावामा १० जना र संक्रमित क्षेत्र वडा नं. १ काे सिद्धपुरमा ४३ जना गरी ५३ जनाकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे छ । श्रीपुरकाे क्वारेन्टाइनमा रहेका एक जना, ९ जना गाउँपालिकाकाे कर्मचारीहरु, जनप्रतिनिधि र सिद्धपुरमा काेराेना संक्रमितका घरपरिवार सहित नजिकमा आएका ४३ जनाकाे स्वाब संकलन गरिएकाे हाे ।

गाउँपालिका अध्यक्ष जयसवाल समेत संक्रमित क्षेत्रमा गएकाे र गाउँपालिका मै संक्रमण सुरु भए देखी नै रहेकाले उंहाले पनि आफ्नाे इच्छा अनुसार पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गराएकाे राैनियारले वताए ।

सखुवा प्रसाैनीमा पाेखरिया अस्पतालबाट लैब टेक्नीशियन शुसिल चाैरसिया नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेली स्वाब संकलन गरेकाे हाे ।

सखुवा प्रसाैनीकाे सिद्धपुरमा समेत एक जनामा संक्रमण फेला परेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...

शिवम् लेयर्सको फोहोरले गाउँमा फैलियो दुर्गन्ध, स्थानीयलाई चरम सास्ती

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने जैविक फोहोर तथा फोहोर पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले गुनासो गरेका...

बाराको पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर फरार

बारा । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ...