Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पर्सामा निषेधाज्ञा हटे पनि संक्रमित परिवारकाे समेत काेराेना परिक्षण भएन, कसले के भने ?

spot_img
spot_img

वीरगंज । पर्सामा एकैपटक ३९ जनामा काेराेना संक्रमण फेला परे पछि निषेधाज्ञा जारी गरिएकाे थियाे । तर साे निषेधाज्ञा जारी भएकाे अवधि समाप्त भए पनि संक्रमित क्षेत्रकाे काेराेना परिक्षण हुन सकेकाे छैन् ।

बैशाख ३० गते दिउसाे एकैपटक ३९ जनामा काेराेना संक्रमण पुष्टि भए पछि स्थानिय प्रशासनले साेही दिन राती ८ बजे देखी जेठ ५ गते राती १२ बसे सम्म निषेधाज्ञा जारी गर्‍याे । स्थानिय प्रशासनबाट निषेधा जारी भएकाे राती नै फेरी थप १८ जना संक्रमण पुष्ठि भयाे। साेसंगै एकै दिन संक्रमित फेला परेकाे संख्या ५७ पुग्याे ।

ति संक्रमितहरु वीरगंज महानगरपालिकाकाे विभिन्न वडा सहित पर्साकाे छिपहरमाई गाउँपालिकापालिका थिए । यस भित्र कै संक्रमित मध्ये २ जना पत्रकार समेत थिए ।

त्यस पछि फेरी कालिकामाई गाउँपालिकामा पनि एक जना, सखुवा प्रसाैनी गाउँपालिकामा एक जना र वीरगंजकाे मुर्लीमा समेत एक जना संक्रमित फेला परेका छन् । तर यी सबै क्षेत्रमा हाल सम्म पिसिआर टेष्टकाे लागि स्वाब संकलन समेत हुन सकेकाे छैन् ।

वीरगंजकाे पिसिआर परिक्षणकाे अवस्थाकाे बारेमा महानगरका मेयर विजय कुमार सरावगीसंग बुझ्दा यसकाे बारेमा नारायणीका मेसुसंग नै बुझ्दा राम्राे हुने वताए ।

उनले भने “वीरगंजमा पिसिआर परिक्षणकाे अवस्था एकदम दैनिय छ, वीरगंजमा १० हजार जति पिसिआर परिक्षण गर्नु पर्नेमा एक दिनमा २ सय/३ सय जति मात्र भइरहेकाे छ।

वीरगंजकाे पिसिआर परिक्षणकाे लागि संघ र प्रदेश सरकारले ध्यान नदिएका कारण समेत समस्या भएकाे उनकाे भनाई थियाे ।

नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायसंग बुझ्दा साेमबार देखी भिटिएम अभावमा पिसिआर परिक्षणकाे लागि स्वाब संकलन राेकिएकाे वताए । उनले भने “हाल सम्म पर्सामा करिब २ हजार जतिकाे पिसिआर परिक्षण भएकाे छ, हाल हामीसंग भिटिएम नभएर राेकिएकाे हाे ।”

एकै दिन पर्सामा ५७ संक्रमित फेला परे पक्षि कति पिसिआर परिक्षण भएकाे हाे भने मेसु डा. उपाध्यायसंग साेध्दा त्यसकाे लागि आफुले तथ्यांक देख्नु पर्ने भएकाेले आधि घण्टा पछि फाेन गर्न भनेका थिए । तर आधि घण्टा पछि फाेन गर्दा फाेन काटेर आफु अहिले मिटिङ्गमा रहेकाे मेसु उपाध्यायले मैसेज पठाएका थिए ।

हामीलाई प्राप्त जानकारी अनुसार पर्सामा एकै दिन ५७ संक्रमित फेला परेकाे भाेलीपल्ट पत्रकारहरुले आफै गएर नारायणी अस्पतालमा स्वाब संकलन गराए जति मात्र पिसिआर परिक्षण भएकाे छ । त्यस पछि मेसु उपाध्यायकाे लापरवाहीका कारण पिसिआर परिक्षण हुन सकेकाे छैन् ।

छिपहरमाई गाउँपालिकाकाकाे क्वारेन्टाइनमा रहेकाहरुका मध्ये १४ जनामा काेराेना संक्रमण फेला परेकाे आज ७ दिन वित्न लाग्दा समेत पिसिआर परिक्षणकाे लागि स्वाब समेत संकलन हुन सकेकाे छैन् । हाल संक्रमित फेला परेकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा ४७ जना रहेका छन् ।

संक्रमण फेला पर्नु अघि छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाहरुसंगै डिजे बजाएर डान्स गरेकाे भिडियाे समेत सार्बजिनक भएकाे थियाे । यसका साथै छिपहरमाईका क्वारेन्टाइनमा फेला परेका संक्रमितहरुसंग तिनिहरुका घरपरिवारका सदस्यहरु क्वारेन्टाइनमा आएर भेटे पनि तिनिहरुकाे समेत स्वाब संकलन हुन सकेकाे छैन् ।

स्थानियहरुका अनुसार तिनिहरु खुल्याम रुपमा गाउँ मै घुमिरहेका छन् ।

गाउँपालिकाले संक्रमण फेला परेकाे दिन देखी नै स्वाब संकलन गरी पिसिआर परिक्षणकाे लागि निरन्तर पहल गर्दा समेत हुन नसकेकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए ।

उनले भने “हामी जब फाेन गर्छाैं नारायणीकाे मेसु साहेब कंहा तब उहाँ भन्नु हुन्छ भाेली भइहाल्छ तर हुदैन् । हिजाे पनि फाेन गर्दा आर्मी किट लिन गएका छन्, आए पछि भइहाल्छ र आज पनि गर्दा आर्मि किट लिन गएका छन् आए पछि हुने जवाफ आएकाे हाे ।”

उनले थपे “गाउँवासी त्रसित छन्, हामीलाई गालि समेत गरिरहेका छन् तर संक्रमितकाे सम्पर्कमा रहेकाहरुकाे समेत काेराेना परिक्षण नहुदा झन त्रास बढाएकाे छ ।”

यस्तै अवस्था कालिकामाई गाउँपालिका र सखुवा प्रसाैनी गाउँपालिकाकाे समेत रहेकाे छ । संक्रमण फेला परेकाे लामाे समय हुदा समेत संक्रमितकाे परिवारकाे सदस्यहरुकाे समेत पिसिआर परिक्षण हुन सकेकाे छैन् ।

संक्रमितहरु गाउँमा बसे पनि न त गाउँ नै सिल गरिएकाे छ, न त कन्टेक्ट ट्रेसिङ नै गरी स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएकाे स्थानियहरुले गुनासाे गरेका छन् ।

निषेधाज्ञा समेत हटे पिसिआर परिक्षण नहुदा संक्रमित क्षेत्रकाबासीलाई झन त्रसित बनाएकाे छ ।

यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसंग बुझ्न समेत माेबाइलमा सम्पर्क गर्न प्रयास गर्दा फाेन ब्यस्त भएकाे र फाेन लागे पनि नउठेका कारण सम्पर्क हुन सकेन ।

यस बिषयमा के पहल हुदै छ भने पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवसंग समेत फाेनमा सम्पर्क गर्दा आफुले यसकाे लागि आज नै प्रधानमन्त्रीसंग भेटन गइरहेकाे भन्दै आफु तपाईसंग पछि कुरा गर्ने वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...