Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

भारतबाट आउने क्रम जारी, अलाैं आएका १३ जनालाई क्वारेनटाइनमा राखियाे

spot_img
spot_img

वीरगंज । भारतकाे बैंगलाेरबाट वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा आज आइपुगेका १३ जनालाई क्वारेनटाइनमा राखिएकाे छ ।

१० दिन पहिला बैंगलाेरबाट हिडेका अलाैं निवासी ति १३ जना युवा कामदारहरुलाई ४ दिन पहिला भारतकाे हरइया भने ठाउँमा आइपुगेका थिए । हरइयाकाे स्थित सिमानाका भएर नेपाल प्रबेश गर्न खाेजेका तिनिहरुलाई भारतिय एसएसबीले त्यहीं राेकेकाे थियाे ।

स्थानियहरुका अनुसार भारतिय एसएसबिले सिमानाका मै राेकी ४ दिन सम्म हरइया, धुपवाटाेल स्थित खेत मै राखेकाे थियाे । २ दिन सम्म भाेकै प्यास रहेका तिनिहरुलाई आज सशस्त्र प्रहरी बेस क्याम्प अलाैंका प्रहरी निरिक्षक रबि थापाले आफ्नाे जिम्मामा बुझी अलाैं लिएर आएका स्थानिय अजय साहले वताए ।

साहका अनुसार अलाैं आइपुगेका तिनिहरुलाई वीरगंज महानगरपालिकाले श्री द्वारदेवी मावि अलाैंमा क्वारेन्टाइन निर्माण गरि राखेकाे छ ।

बैंगलाेरबाट घर आउनका लागि तिनिहरुका अभिभावकले भारु एक लाख पठाएकाे थियाे । त्यही पैसाबाट तिनिहरु बस रिजर्फ गरी भारतकाे हरइया आइपुगेका थिए । नेपालकाे सिमा क्षेत्रमा रहेकाे भारतकाे हरइया आइपुगेका बारे तिनिहरुकाे अभिभावलाई थाह भए पछि आफ्नाे छाेराेहरुलाई नेपाल ल्याइदिन ति अभिभावहरु विभिन्न ठाउँमा दुई दिन देखी पहल थालेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...