Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अफवाहको पछि नलागौ

spot_img
spot_img

विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले जनजीवनमा पारेको गम्भीर असर प्रति संसारभरिका मानव जातिलाइ नै चिन्तित बनाएको छ । कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को नयाँ संक्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ नोभेम्बरमा भएको थियो । यो महामारी कारण विश्वभरिमा लाखौले ज्यान गुमाई सकेका र केहिको स्वास्थ अवस्था अझै चिन्ताजनक रहे पनि विश्व स्वास्थ संगठनलले यसको मोर्टालिटी रेट जम्मा ३ प्रतिशत मात्र रहेको जनाएको छ ।

संक्रमणलाई कम गर्न सरकारले देशव्यापी ‘लकडाउन’ गर्दै चालेका कदम र सोको पालना गर्दै घरमै बसिरहेका नेपाली जनताको धैर्यताको हामी प्रशंसा गर्न चाहन्छौं । यस संकटको स्थितिबाट मुलुक र नागरिकलाई जोगाउन २४ सै घण्टा कर्मभूमिमा क्रियाशिल सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीप्रति जनता आभारी छ र साथ साथै सरकारले उछ मुल्यांकन गर्नु पर्छ । कोरोना भाईरसको सन्त्रासका कारण समाजमा विभिन्न किसिमको अफ्वाह फैलिएको र त्यसले गर्दा पिडित पक्षका परिवारलाई समाजमा निकै नै कठिनाइ झेल्नु परेको छ ।

हुन त केहि सामाजिक संजालहरु पनि कहिँ न कहिँ चुकी रहेको बेला केहि फोहरी राजिनिती गरि रहेका व्यक्तिलाई राजनीति गर्नलाई अवसर पाएका छन् । सामाजिक संजाल मार्फत विभिन्न धर्म जातजातिलाई जोडेको कारण नै हो आज विभिन्न ठाउँमा सामाजिक द्वन्द हुने त्रास बढेको छ। अब हरेक जनता सचेत हुन आवस्यक देखिन्छ । अरु देशको अनुभवबाट समेत कोरोनाको नियन्त्रण गर्न बढि भन्दा बढि जाँच गरी संक्रमितहरुको पहिचान गरी उपचार गर्नु बढि प्रभावकारी देखिएको हुँदा उच्च क्षमता सहितको कम्तिमा पनि एक प्रदेशमा एक ठाउँ हुनेगरी व्यवस्था गर्न सरकारलाई अनुरोध गरौ ।

यति बेला सम्पूर्ण नेपालिहरुले एक ढिक्का बनाएर सहयोगात्मक ढंगले अगाडी बढ्नु पर्ने आवश्यक छ । सरकारले तोकेको अधिकारिक व्यक्तिबाट जानकारी लिने प्रयास गरौ । प्रेस काउन्सिल नेपालबाट मान्यता प्राप्त अनलाइन खबरको समाचार अगाडी सम्प्रेषण गरौ । कसैले सामाजिक संजालमा लेखेको अधारमा सम्प्रेषण नगरौ, गलत सूचना हुन सक्ने अथवा कसैको चरित्र हत्या गर्ने हिसाबले लेखेको हुन सक्छ । समाजमा त्रास फैलाउने काम निन्दनीय छ । तेसैले अब इमान्दार संसुचक र दक्ष व्यक्तित्वहरुले आफ्नो आफ्नो स्तरबाट जिम्मेवार नागरिकको निर्वाह गरौ ।

महमद मेराजुल हवारी
विद्यार्थी नेता
अनेरास्ववियु, पर्सा

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...