Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

अफवाहको पछि नलागौ

spot_img
spot_img

विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले जनजीवनमा पारेको गम्भीर असर प्रति संसारभरिका मानव जातिलाइ नै चिन्तित बनाएको छ । कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को नयाँ संक्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ नोभेम्बरमा भएको थियो । यो महामारी कारण विश्वभरिमा लाखौले ज्यान गुमाई सकेका र केहिको स्वास्थ अवस्था अझै चिन्ताजनक रहे पनि विश्व स्वास्थ संगठनलले यसको मोर्टालिटी रेट जम्मा ३ प्रतिशत मात्र रहेको जनाएको छ ।

संक्रमणलाई कम गर्न सरकारले देशव्यापी ‘लकडाउन’ गर्दै चालेका कदम र सोको पालना गर्दै घरमै बसिरहेका नेपाली जनताको धैर्यताको हामी प्रशंसा गर्न चाहन्छौं । यस संकटको स्थितिबाट मुलुक र नागरिकलाई जोगाउन २४ सै घण्टा कर्मभूमिमा क्रियाशिल सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीप्रति जनता आभारी छ र साथ साथै सरकारले उछ मुल्यांकन गर्नु पर्छ । कोरोना भाईरसको सन्त्रासका कारण समाजमा विभिन्न किसिमको अफ्वाह फैलिएको र त्यसले गर्दा पिडित पक्षका परिवारलाई समाजमा निकै नै कठिनाइ झेल्नु परेको छ ।

हुन त केहि सामाजिक संजालहरु पनि कहिँ न कहिँ चुकी रहेको बेला केहि फोहरी राजिनिती गरि रहेका व्यक्तिलाई राजनीति गर्नलाई अवसर पाएका छन् । सामाजिक संजाल मार्फत विभिन्न धर्म जातजातिलाई जोडेको कारण नै हो आज विभिन्न ठाउँमा सामाजिक द्वन्द हुने त्रास बढेको छ। अब हरेक जनता सचेत हुन आवस्यक देखिन्छ । अरु देशको अनुभवबाट समेत कोरोनाको नियन्त्रण गर्न बढि भन्दा बढि जाँच गरी संक्रमितहरुको पहिचान गरी उपचार गर्नु बढि प्रभावकारी देखिएको हुँदा उच्च क्षमता सहितको कम्तिमा पनि एक प्रदेशमा एक ठाउँ हुनेगरी व्यवस्था गर्न सरकारलाई अनुरोध गरौ ।

यति बेला सम्पूर्ण नेपालिहरुले एक ढिक्का बनाएर सहयोगात्मक ढंगले अगाडी बढ्नु पर्ने आवश्यक छ । सरकारले तोकेको अधिकारिक व्यक्तिबाट जानकारी लिने प्रयास गरौ । प्रेस काउन्सिल नेपालबाट मान्यता प्राप्त अनलाइन खबरको समाचार अगाडी सम्प्रेषण गरौ । कसैले सामाजिक संजालमा लेखेको अधारमा सम्प्रेषण नगरौ, गलत सूचना हुन सक्ने अथवा कसैको चरित्र हत्या गर्ने हिसाबले लेखेको हुन सक्छ । समाजमा त्रास फैलाउने काम निन्दनीय छ । तेसैले अब इमान्दार संसुचक र दक्ष व्यक्तित्वहरुले आफ्नो आफ्नो स्तरबाट जिम्मेवार नागरिकको निर्वाह गरौ ।

महमद मेराजुल हवारी
विद्यार्थी नेता
अनेरास्ववियु, पर्सा

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...